धुम्बाराहीमा एमालेका २ समूहबीच छलफल

नेकपा एमालेको विवाद मिलाउन दुवै पक्षबीच अहिले वार्ता भइरहेको छ । नेपाल र ओली पक्षबीच ४ महिनापछि छलफल भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षबीच धुम्बाराहीमा छलफल भएको हो ।

छलफलमा ओली, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली छन् भने माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्ड, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता झलनाथ खनाल भने बैठकमा गएनन् ।