फागुन २८ पछिका निर्णय फिर्ता हुँदैनन् : ओली

प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेले फागुन २८ गतेपछि गरेका निर्णयहरू फिर्ता नहुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा ९एमाले०को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले फागुन २८ पछि भएका पार्टीका निर्णयहरू फिर्ता नहुने बताएका हुन् । चैत ५ गते र चैत ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाइ छ ।

उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि नेकपा ९एमाले०संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । प्रधानमन्त्री ओलीले नेकपा ९एमाले०मा कुनै गुट र समूह नरहेकोले समूहगत रूपमा कसैसँग डिलिङ नगर्ने बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए ।

उनले भने, ‘२८ गते भएका निर्णयहरू र त्यसपछि भएका संसदीय दलका बैठकहरू चैत ५ गते र चैत ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट ब्याक हुन सकिँदैन ।बैठकमा केही साथीहरू अनुपस्थित हुनुभयो, तर पार्टी विधिसम्मत् तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिँदैन भनेर भन्नुभयो । दोस्रो कुरा, हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदनसम्म गरिसकेको अवस्थामा अब यो विधान हाम्रो पार्टीको संसदीय दलको विधान हो । आवश्यक पर्‍यो भने समयक्रममा कालान्तरमा त्यसलाई संशोधन गर्न सकिन्छ ।’