विद्या भट्टराई अब कुन पार्टीकी सांसद ?

सर्वोच्च अदालतको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि निर्वाचित सांसद अब कुन पार्टीको हुने अन्यौल भएको छ।

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले फैसला सुनाउँदै साबिक एमाले र माओवादी केन्द्र ब्युँताएको छ। पार्टी एकतापछि भएको उपनिर्वाचनमा नेकपाले सूर्य चिन्हबाट उम्मेदवार उठाएको थियो। तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनकी पत्नी विद्या भट्टराई कास्की २ बाट उम्मेदवार भई विजयी भएकी थिइन्।

सर्वोच्चको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि सो पार्टीबाट उम्मेदवार भई निर्वाचित भट्टराईलाई साबिकका कुन पार्टीको सांसद मान्ने अन्योल उत्पन्न भएको छ।