बादल एमाले उपाध्यक्ष

आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा एमालेमा सम्मानजनक स्थान दिने तयारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भएको जनाइएको छ । बादल माओवादी केन्द्रका नेता हुन् ।

तत्कालीन एमालेमा ५ उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी अहिले राष्ट्रपति छन्। ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला साथ दिने बादललाई भण्डारीको ठाउँमा उपाध्यक्ष बनाउने तयारी गरेको बताइन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले संकटका बेला दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए। ‘सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौं,’ पौडेलले भने।

अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छ। मन्त्री थापाले आफूहरु ओलीसँगै रहने जनाइसकेका छन् ।