नेकपा माओवादी केन्द्रले एमालेमा गएका २३ नेतालाई कारवाही गर्ने भएको छ ।
माओवादीबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्चार्ज भएका छन् । एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाएका छन् । त्यस्तै प्रदेश २ को अध्यक्षमा प्रभु साह छन् ।
शनिबार बिहान बसेको बैठकबाट उनीहरुलाई यथाशीघ्र घर फर्किन आह्वान गर्ने र नफर्के कारवाही हुने नेता जनार्दन शर्माले बताए । एमालेमा गएका माओवादी नेताको सांसद पद पनि खारेज गर्ने तयारी माओवादीको छ ।
माओवादीले कारवाहीको तयारी गरेको नामावली
१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) गिरधर लाल
२२) दावा लामा
२३) चन्द्रबहादुर खड्का