शिक्षा

१५ गुणा बढी शुल्क असुल्दै पार्दी मावि

महेश राई दिउँसो एउटा रेस्टुरेन्टमा काम गर्छन् । बिहान जनप्रिय माविमा पढ्छन् । भोजपुर घर भएका महेशकी आमा पोखरामै तरकारी बेच्छिन् । गरिब परिवारका उनले रेस्टुरेन्टले अग्रीम पैसा दिएकाले कक्षा ११ मा भर्ना गरे तर एसइईको प्रमाणपत्र निकालेर बुझाउन सकेका छैनन् । पोखरा १७ को पार्दी माविबाट एसइइ गरेका उनीसँग स्कुलले प्रमाणपत्र शुल्क ३ हजार माग्यो । उनका ३ जना साथीले ३ हजारै तिरेर प्रमाणपत्र निकाले । बाँकीले निकाल्न सकेका… पुरा पढौ

प्राज्ञ मञ्च पोखरा अध्यक्षमा पौडेल

नेपाल प्राज्ञ मञ्च पोखरामा प्राडा विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको चौथो अधिवेशनबाट उपाध्यक्ष प्राडा विकासकुमार केसी, सचिव डा. गिरधारी दाहाल, सहसचिव डा. जगन्नाथ रेग्मी, कोषाध्यक्ष डा. दीर्घमान गुरुङ सर्वसम्मत चयन भएका छन् । मञ्चको सदस्यमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा वीरबहादुर खनाल, डा. राधाकुमारी भण्डारी, डा. कृष्णप्रसाद भण्डारी, डा. अनन्त ढुंगाना र डा. कपिल अधिकारी चयन भएको नवनिर्वाचित सहसचिव डा. जगन्नाथ रेग्मीले जानकारी दिए । मञ्चका अध्यक्ष प्राडा… पुरा पढौ

लिटल च्याम्पियनसीपमा प्रिन्सिका प्रथम

बिहीबार भएको लिटल च्याम्पियनसीप सेन्ट मेरिजमा प्रिन्सिका गुरुङ प्रथम भएकी छन् । विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न भएको कार्यक्रममा एन्जल गुरुङ दोस्रा र सवनम गुरुङ तेस्रा र इसान बराइली चौथा भए । प्रतियोगितामा प्राथमिक तहका ११ विद्यार्थी सहभागी थिए । उनीहरुले सांस्कृतिक भेषभूषामा मौलिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका निर्णायकमा माधव गुरुङ, सबिन गुरुङ र ईन्वरी राना थिए । विद्यालयका प्राइमरी इन्चार्ज कोटिल्डा सिजेले विद्यार्थीलाई हौसला दिएर उनीहरुको प्रतिभा… पुरा पढौ

गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलित

पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।  यस कलेजमा शुल्ककै विषयमा पटक पटक आन्दोलन भएका छन् । आन्दोलन नै भएर अस्पतालसमेत ठप्प हुँदासम्म सञ्चालकहरू वेवास्ता गर्दै आएका छन् । आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा मेडिकल कलेजहरुले असुली गरिरहेको भन्दै केही दिनदेखि चिकित्सा शिक्षा संघर्ष समितिको नाममा स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज मेडिकल… पुरा पढौ

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तोकियो

चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।  संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।  सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर  पुनः… पुरा पढौ

सेफ किड्समा बाल दिवस

पोखरा महानगरपालिका–९, नयाँबजार दरबारथोक मार्गस्थित सेफ किड्स प्रिस्कुलमा विभिन्न क्रियाकलाप सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा बालिकाहरुको सामाजिक विकास, अनुशासन पालना तथा मनोरञ्जन गराउने उद्धेश्यका साथ विभिन्न खेल तथा मनोरञ्जनात्मक क्रियाकलाप गरिएको प्रिन्सिपल नारायणी कोइरालाले बताइन् । कार्यक्रममा नर्सरी, केजी १ र केजी २ कक्षाका २ देखि ७ वर्ष उमेरसम्मका… पुरा पढौ

रेसुङ्गा मावि देशकै सर्वाेत्कृष्ट विद्यालयमध्ये दोश्रो बनेपछि…

गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय सामुदायिक माध्यामिक विद्यालयहरु मध्ये देशकै सर्वोत्कष्ट विद्यालयमध्ये दोश्रो स्थान नेपाल सरकारबाट घोषणा भएपछि आईतबार बाल दिवसको अवसरमा त्यस विद्यालयले भव्य रुपमा खुशीयाली मनाएको छ । देशभरका २९  हजार सामुदायिक माध्यामिक विद्यालयहरुमध्ये गत बर्षको एसईई परीक्षामा प्रदेश पाँच मै उत्कृष्ट नतिजा ल्याउन सफल रेसुङ्घा माध्यामिक विद्यालय त्यसैको आधारमा आधारमा देशभरकै सर्वोत्कृष्ट दोश्रो तहको पुरस्कारले सम्मानित भएको हो ।  ४० औं शिक्षा दिवस तथा ५३ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा… पुरा पढौ

एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुला

सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला गरेको छ । सर्वोच्चको आन्तरिम आदेशकै कारण त्रिवि चिकित्साशास्त्र अध्ययन अध्ययन संस्थान (आईओएम)ले २१ भदौमा तोकेको परीक्षा स्थगित भएको थियो । तर न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएन । छात्रवृत्तिको विषय मुद्दाको अन्तिम टुंगो हुँदा निवारण हुने र शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नहुने इजलासको ठहर… पुरा पढौ

सेन्ट मेरिजमा एकाङ्की प्रतियोगिता

पोखरा १५ नयाँगाउँमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले बुधबार अन्तर सदनात्मक नेपाली एकाङ्की प्रतियोगिता गरेको छ । प्रतियोगितामा हरियो सदन पहिलो, पहेंलो सदन दोस्रो, रातो सदन तेस्रो र नीलो सदन सान्त्वना भए । विद्यालयका प्राचार्य मार्गेट मेरी सिजेले विद्यार्थी आफैंले समसामयिक विषयमा उत्कृष्ट ढंगले नाटक प्रस्तुत गरेको बताइन् । अवसर र प्रोत्साहन भए उनीहरुमा प्रसिद्ध कलाकार बन्ने गुण रहेको उनले बताइन् । छात्राहरु प्रजु क्षेत्री, नूतन आचार्य, स्नेहा गौतम र… पुरा पढौ

चिकित्सा शिक्षा आयोगमा प्रा. डा. श्रीकृष्ण गिरी नियुक्त

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बन्न सफल भएका हुन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । उनीहरुमध्ये सरकारले गिरीलाई छनोट गरेको हो । प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं