पौष १० गते २०७६

ताजा समाचार

शिक्षा

कप्तान अरुणा ज्ञानुबाबा मा.वि द्धारा सम्मानित

ज्ञानुबाबा आवसीय मा.वि पोखरा–२ मिरुवाले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । ज्ञानुबाबा आवासीय मा.वि बाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालयलाई तथा राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला टिमको कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उल्लेखनीय भुमिका खेलेकी शाहीले आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद… पुरा पढौ

गोर्खापत्रमा आज प्रकाशित लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ । बुधबारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः पुरा पढौ

शिक्षक नै नेता बनेपछि….

पोखरा–गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षकनै नेता बनेपछि अपेक्षा गरेअनुसारको शैक्षिक उपलब्धी हासिल हुन नसकेको बताइएकी छिन्। पोखराको सुन्दर नगरी लेकसाईड स्थित होटल बाराहीमा मंगलबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मूल्याङ्कन प्रतिवेदन २०१८ अन्तर्गत प्रदेश स्तरीय प्रबोधीकरण समिक्षा कार्यक्रममा बोल्दै मन्त्री पुनले शिक्षकहरुले राजनिति गर्न नहुने उल्लेख गरिन्। मन्त्री पुनले शिक्षकहरु मुलुकलाई समृद्ध बनाउने जनशक्ति निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै पछिल्लो समय शिक्षकहरु नेता बन्ने परिपाटीको… पुरा पढौ

अपांग विद्यार्थीलाई सिडब्लुएसएनको सहयोग

बाल हितकारी परियोजना नेपाल (सिडब्लुएसएन)ले पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सहयोग एवं अपांगमैत्री शौचालय निर्माण गर्न सहयोग गरेको छ । सिडब्लुएसएनले पोखरा महानगरपालिका वडा नं. १ देखि १५ सम्मका सहकारी विद्यालयका करिब ४ सय अपांग विद्यार्थीलाई स्कुल ड्रेस र स्टेसनरी प्रदान गर्ने अध्यक्ष गोबिन्दराज पहारीले बताए । यही अभियान अन्तर्गत मंगलबार पोखरामा ५ का धर्मस्थली आधारभूत स्कुल र वाराही माविका विद्यार्थीलाई सहयोग गरिएको छ । संस्थाका अध्यक्ष पहारी, पोखरा… पुरा पढौ

नेपालको शिक्षाक्षेत्रमा सघाउन गीति एल्वम ‘समर्पण’ विमोचन

शिक्षासंग सम्बन्धित गीति एल्वम ‘समर्पण’ वेलायतमा लोकर्पण गरिएको छ । एल्वम विक्रीबाट भएको आम्दानी नेपालका विभिन्न विद्यालयमा लगानी गरिने भएको छ । उक्त एल्वम वेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ विमानचालक क्या. विजय लामासहित कार्यक्रममा सहभागी सबैले एकैसाथ सिडी खोलेर विमोचन गरेका थिए । उक्त अवसरमा समर्पणका संयोजक सूर्य गुरुङले गीति एल्बम ‘समर्पण’ शिक्षाका लागि समर्पित रहेको र यो एल्बम एल्वममात्र नभएर परियोजना भएको जानकारी दिए… पुरा पढौ

चिसाे बढेपछि विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय सोमबार तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको… पुरा पढौ

कुमुदिनी होम्सको ३३औं स्थापना दिवस

पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । यस अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेतले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा मन्त्री बस्नेतले नेपालको शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । उनले निजी शैक्षिक संस्था र केन्द्र सरकारका वीच समन्वय गर्ने दायित्व प्रदेश… पुरा पढौ

शीतलहरका कारण विद्यालय बन्द

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ ।  बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए । तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार… पुरा पढौ

सेन्ट मेरिजको स्पोट्स मिट, उत्कृष्टलाई पुरस्कार

सेन्ट मेरिज माविमा भएको स्पोट्स मिटका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शनिबार भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, विद्यालयका प्रिन्सिपल मार्गरेट मेरी लगायतले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेका हुन् । गुरुङले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकास र सर्र्वागीण व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने बताए । उनले विद्यार्थीमाझ आफ्नो बाल्यकालका स्मृति पनि साटे । प्रिन्सिपल मेरीले सबै विद्यार्थीलाई धन्यवाद दिँदै सेन्टमेरिजका विद्यार्थीले स्कुल र… पुरा पढौ

खाजाले विद्यार्थी खचाखच

यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो ।  पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका बालबालिका र कक्षा छोड्ने दोहो-याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा… पुरा पढौ