शिक्षा

बिद्यालय कहिले खोल्ने ?

केहि बिद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् | सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ | बिषयवस्तुको सहि मुल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् |परिस्थिति १. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ | भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या बढिरहेको छ |२. जुन र जुलाईमा भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन गरिएको छ |३. भारतबाट अरु ८-१० लाख नेपाली… पुरा पढौ

अनलाइनबाट ५ दिने योगा कक्षा

जेसिआई पोखरा लेडीले आयोजना गरेको पाँच दिने अनलाईन योगा कक्षा सकिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन बिगत दुई महिनादेखि संसारका अधिकांश मुलुकमा भइरहेको लकडाउनका कारण मानिसमा बढ्दै गइरहेको शारीरिक तथा मानसिक असन्तुलन हटाएर स्वस्थ र बनाउन यस खालको प्रयास थालिएको हो । पोखरा लेडी जेसीजले लकडाउनमा बसिरहेका आफ्ना सदस्यलाई लक्षित गरी योगा कक्षा चलाएको हो । कार्यक्रममा जेसिआई पोखरा लेडीका अध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षता, र बर्ष २०२० का… पुरा पढौ

रुकुम चौरजहारी घटना : मानव सभ्यतामा कालो धब्बा

मानव सभ्यताको उदय र विकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो। समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु, कुरीति ,कु( संस्कार,अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो । तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति… पुरा पढौ

जेठ २१ देखि निजी विद्यालयले भर्ना लिने

सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्। ती संस्थाले प्रधानमन्त्री केपी… पुरा पढौ

एसइई परीक्षा, अनलाइन वा दूर शिक्षाबारे चाडै निर्णय हुनुपर्छ

कोरोना संक्रमणको महामारी बढ्दै गएको तथा महामारी अनिश्चितकालीन भएको तथ्यबोध गर्दै सरकारले निम्न लिखित निर्णय गर्न ढिलो नगरोस् |- SEE परीक्षा SLC परीक्षा होइन | SLC को ब्यबस्था खारेज गरेको र १२ कक्षालाई आइरन गेट बनाएको कुरा हामी सबैलाई अवगत छ | जसरी ८ बाट ९, ९ बाट १० मा बिद्यार्थी पुग्छन त्यसै गरि १० बाट ११ र ११ बाट १२ कक्षामा पुग्दछन् | यो महामारीको समयमा SEE परीक्षा गर्नु… पुरा पढौ

कक्षा १-११ का विद्यार्थीले घरबाटै सित्तैमा बेलायती डिजी स्कुल पढ्न पाउने

सामयिक परिवर्तन सगै बिश्व 'डिजिटल वर्ड' मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी छ। हिजो विद्यार्थीले अङ्ग्रेजी जान्नुलाई सिकाइको मानक मानिन्थ्यो तर अहिले समयले गति लिइसक्यो। प्राबिधिक ज्ञान अझ भनौ कम्प्युटर (आइटी) सिक्नु सबै भन्दा जरुरी भएको छ। यसै कुरालाई मध्यनजर गर्दौ सफ्ट्वेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय र परिस्कृत कम्प्युटर कोर्स "डिजी स्कुल"को नेपालमा अध्यापन सुरु गरेको छ। सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा… पुरा पढौ

अनिश्चित लकडाउन र बालबालिकामा पर्न सक्ने असर

आज विश्व नै कोरोना भाइरस (कोभिड १९)का कारण तहसनहसको अवस्थामा छ । चीनको हुवेही प्रान्तको वुहान सहरवाट सन् २०१९ डिसेम्बर महिनाको अन्तिम सातादेखि सुरु भएको कोभिड माहामारीले विश्वका विकसित एवम् शक्तिशाली राष्ट्रहरु महामारीवाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ । यो लेख लेख्दासम्म विश्वभर ५१ लाखभन्दा बढी संक्रमित, ३ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २ सय ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन… पुरा पढौ

नोभेलमा कोरोनाको प्रभावबारे वेबिनार

पोखराको न्युरोडमा रहेको नोभेल एकेडेमीको आयोजनामा बिहीबार नेपाली अर्थतन्त्रमा कोडिभ १९ को प्रभावबारे वेबिनार भएको छ । वेबिनारमा केएफएका संस्थापक एवं कार्यकारी अध्यक्ष रिस्ता झाले नेपालीको अर्थतन्त्रमा कोभिड १९ को प्रभावबार प्रकाश पारे । उनले यस्तो महासंकटमा नेपाली उद्यमी र सरकारको कस्तो भूमिका हुनुपर्छ भन्ने विषयमा पनि विचार राखे । वेबिनारमा नोभलमा आवद्ध शिक्षक, विद्यार्थी गरी करिब सय जना सहभागी थिए । नोभेलमा ए लेभल, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिबिए… पुरा पढौ

विश्वविद्यालयलाई खण्डहर नबनाउनुहोस्

श्रीमान् कुलपतिज्यूसम्माननीय प्रधानमन्त्रीज्यू मार्फत श्रीमान् सहकुलपतिज्यूमाननीय शिक्षा मन्त्रीज्यू आज, बाध्य भएर म यो बिन्तिपत्र फेसबुकमार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु । थाहा छैन, उहाँको आँखासम्म वा कानसम्म पुग्छ कि पुग्दैन ? तैपनी कोशीश त गर्नै प¥यो । अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको ९ महिना भयो । यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीको पनि म्याद सकिएर ती पदसमेत रिक्त छन् । यसबीच दुई… पुरा पढौ

घर : बन्दाबन्दीका विद्यालय

स—साना मन्टेश्वरी पढ्ने बालबालिकाले विद्यालयमा त साथीका साथमा मिलेर लहै लहैमा खाने, पढ्ने, खेल्ने अनि बिभिन्न संस्कृति सिक्ने गर्दछन् । तर अहिले घरमै बसेर त्यही नियम पालना गर्दै खाने, ठूलाले भनेको मान्ने, पढ्ने, अनुशासन पालना गर्ने जस्ता काम गर्न निकै गाह्रो भएको छ । कुरा एक, दुई साताको होइन । यहाँ त कुरा लगभग दुई महिनाको छ । मण्टेश्वरीमा तालिम प्राप्त शिक्षक, जसले बालबालिकाको मनोभावना बुझ्न सक्ने हुन्छन । तर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं