शिक्षा

जनप्रिय क्याम्पस ३२ वर्षमा

पोखरा, २६ मंसिरगण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवमा थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । उनले २ पटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरमा शंका… पुरा पढौ

टुरिजम एन्ड हस्पिटालिटी मिटमा सम्भावनाको खोजी

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । यसअघि नै महानगरले पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारलाई आग्रह गरिसकेको छ । यसमा गण्डकी प्रदेश सरकारले २ पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म यो योजना थाँती छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफैं काम गर्छौं ।’ उनले… पुरा पढौ

भद्रकाली बहुमुखी क्याम्पसमा नयाँ सञ्चालक समिति

पोखरा १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सञ्चालक समिति अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट सदस्यमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, बलराम बराल, भीमप्रसाद न्यौपाने र प्रदीपकुमार लम्साल चुनिए । सो अवसरमा पोखरा १३ का वडाध्यक्ष किरण बरालले क्याम्पसको संरक्षक बन्ने घोषण गरे । १७ वर्ष अमेरिका बसाइमा टिकटिकमा पनि ख्यातिप्राप्त गरेका डा. सन्तोष सापकोटाले टिकटकबाटै प्राप्त एक… पुरा पढौ

सिद्ध पब्लिक कलेजमा कमलनयनको नेतृत्वमा नयाँ समिति

सिद्ध पब्लिक कलेज पोखरा १५ नयाँगाउँको तेस्रो अधिवेशनले युवा पण्डित कमलनयन गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको चुनेको छ । उपाध्यक्षमा प्रमुख संरक्षक भक्तबहादुर खत्री, कोषाध्यक्ष प्रमुख संरक्षक शिवबहादुर बानियाँ, वरिष्ठ सदस्यमा संरक्षक मीनबहादुर गिरी छन् । सदस्यमा संरक्षक तथा पोखरा १५द का वडाध्यक्ष तोरणबहादुर बानियाँ, सिनेटर सदस्य प्रकाश पौडेल छन् । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष श्री तोरणबहादुर बानियाँले स्थानीय सरकारले कलेजलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरे ।नवनिर्वाचित अध्यक्ष गौतमले पोखरा… पुरा पढौ

फिस्टेलमा विद्यार्थीलाई स्वागत, आविष्कार केन्द्रलाइ १ लाख

पोखरा १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमीले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । एडेकेमीका संस्थापक चिनु रानाभाटले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले केन्द्रलाई सहयोग गरेको थोरै भए पनि यो सहयोग गर्न पाउँदा गौरवबोध भएको सुनाए । कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई बुधबार स्वागत गर्ने क्रममा रानाभाटले आविष्कार केन्द्रलाई सहयोग घोषणा गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा… पुरा पढौ

३० औँ पटकमा एसइई पास

गोदावरी, १३ साउन कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल भएकी छन् । उनी यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिइन् । चौधरी विसं २०५२ बाट कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भनिन्, “अब कक्षा ११ र… पुरा पढौ

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा… पुरा पढौ

४ सामुदायिक स्कुललाई पोखरा महानगरले दियो बस

पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाइ समुदायिक विद्यालय बन्ने गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता गरेका छन् । पोखराको लेखनाथ क्षेत्रका ४ सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मेयर आचार्यले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्कीबाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा… पुरा पढौ

आमाको स्मृतिमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले दिवंगत आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा आइतबार श्रमिकका जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेकी छन् । मिनाका श्रीमान् क्षेत्र र उनका दिदीबहिनी रुपा गुरुङ र रिता गुरुङ गौचनको उपस्थितिमा धनकुमारी र धनसुब्बा (डिकेडिएस) फाउन्डेशनले ४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जिफन्ट गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उत्कृष्टतर्फ श्रमिक सुनिता विककी छोरी अञ्जिला विक… पुरा पढौ

शनिबार र आइतबार स्कलु बन्द गर्न निर्देशन

सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो । देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं