गोदावरी, १३ साउन
कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल भएकी छन् ।
उनी यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिइन् । चौधरी विसं २०५२ बाट कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् ।
यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भनिन्, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु । कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताइन् ।




