शिक्षा

शैक्षिक क्षेत्रको सुदृढीकरणकालागि बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन हुने

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले बृहत शैक्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । समाज सुधारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र मानिने शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या एवं चुनौतीहरुको सुधारकालागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विषयगत व्याक्तिहरुको उपस्थितिमा विषय विज्ञसँगको सामुहिक छलफलका लागि आगामी बैशाख २ गते शैक्षक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पुर्ण घर्तीले बताउनुभयो ।आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम एवं बजेट तयारीको पुर्व… पुरा पढौ

नेपाल पब्लिक क्याम्पस संघ उपाध्यक्षमा लोकराज

नेपाल पब्लिक क्याम्पस संघको १२ औं राष्ट्रिय महाधिवेशनबाट पोखराका लोकराज भण्डारी उपाध्यक्ष निर्वाचित भएका छन् । भण्डारी जनप्रिय बहुमुुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख हुन् । चैत २४ र २५ गते काठमाडौंमा भएको अधिवेशनबाट अध्यक्षमा शत्रुघ्नप्रसाद गुप्ता, उपाध्यक्षमा भण्डारीसहित प्रदीपकुमार कटुवाल र धर्मदेव भट्ट चुनिएका छन् । महासचिव गोविन्दबहादुर कार्की, उपमहासचिवद्वयमा नेत्रप्रसाद न्यौपाने र टंक पौडेल, कोषाध्यक्षमा राजन मिश्र निर्वाचित भए । यस्तै गण्डकी प्रदेश संयोजकमा ऋषिराम बुुढाथोकी छन् । उनी… पुरा पढौ

इमर्जेन्सी सेवा सुरु गर्ने तयारीमा पियु शिक्षण अस्पताल

पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । गएको भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकोमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक… पुरा पढौ

समीरको कोरोनातन्त्र प्रकाशित

बिगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ | लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो | कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ | कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव,… पुरा पढौ

कञ्चनजंघामा बिदाई

पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एस्।ई।ई।ब्याचलाई एक कार्यक्रमको आयोजना गरी विदाइ तथा शुभकामना दिएको छ । कक्षा नौका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम कक्षा नौ कै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन्। विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीहरूलाई उच्चतम सफलताका लागि शुभकामना दिँदै हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन सुझाब दिए । विदाइ भएर जाने विद्यार्थीका तर्फबाट… पुरा पढौ

माउन्ट अन्नपूर्णमा विद्यार्थीको स्वागत तथा बिदाइ

पोखरा, २१ माघपोखरा ५ पस्र्याङ स्थित माउन्ट अन्नपूर्ण क्याम्पसका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । बिएस्सी सिएसआइटी ४ वर्षको अध्ययन पूरा गरेका २०७४ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ तथा २०७९ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा बिएस्सी सिएस आइटी दोस्रो सेमेस्टरका विद्यार्थीले पहिलो सेमेस्टर विद्यार्थीलाई स्वागत गरे भने सातौँ सेमेस्टरका विद्यार्थीले अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरे । कलेजका निर्देशक सूर्यबहादुर जिसीले माउन्ट अन्नपूर्णले पश्चिमाञ्चलकै पहिलो… पुरा पढौ

पोखरामा नर्सिङ दिवस मनाइयो

पोखरा, १६ माघनेपाल नर्सिङ संघको ६१ औं दिवसको अवसरमा नेपाल नर्सिङ संघ कास्की जिल्ला कमिटीले २ दिने कार्यक्रम गरेको छ । कार्यक्रमको पहिलो दिन आइतबार नर्सिङ संघ जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका वार्ड नं १२ को संयुक्त आयोजनामा महिलाको स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको रोकथाम तथा सचेतना एवं परीक्षण भएको छ । कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आयोजकलाई धन्यवाद दिए । उनले महिलाले आफ्नो स्वास्थप्रति सचेत हुँदा समयमा… पुरा पढौ

खानी इन्जिनियरिङ चलाउँदै गण्डकी विश्वविद्यालय

गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ । खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एक आपसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौत पत्रमा हस्ताक्षर गरिएको छ । गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राध्यापक प्राडा. गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पाँच बर्षसम्म कायम हुने… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा नरेन्द्रमान

पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा नरेन्द्रमान लालचन चयन भएका छन् । लालचनको यो दोस्रो कार्यकाल हो । नयाँ कार्यसमिति ८ सदस्यीय छ । सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शनिबार भएको क्याम्पसको ३६ औं साधारणसभा तथा सातौं अधिवेशनले कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अवधि ३ वर्षको हुन्छ । कार्यसमितिमा अध्यक्ष लालचनसहित अरु ७ जना सदस्य छन् । अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारी चयन गर्ने छन् ।… पुरा पढौ

छोरेपाटन मावि ४५ वर्षमा

पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडाध्यक्ष तीर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्वशिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन टोल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं