शिक्षा

गण्डकी विश्वबिद्यालय र शिक्षाविदबीच अन्तरक्रिया

गण्डकी बिश्व बिद्यालय र शिक्षाविद् बीच अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । स्नातक तहमा २ वटा कार्यक्रम सहित आफ्नो सेवा सुरुगरेको विश्व बिद्यालयले बागलुङमा रहेका शिक्षा क्षेत्रमा संलग्न व्याक्तिहरु विचमा छलफल सम्पन्न भएको हो । सन् २०१९ मा गण्डकी प्रदेशको पुर्ण स्वामित्वमा स्थापना भएको विश्व बिधालयले हाल स्नातक तहमा सुचना प्राविधि र खेलकुद व्यवस्थापन संकाय सञ्चालन गरिरहेको जानकारी गराइएको थियो । विश्व बिद्यालयका प्राध्यापक सरोज गिरि र मधुसूदन सुवेदी… पुरा पढौ

गुप्तेश्वर महादेव क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा शनिबार भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा ७ सय ७२ विद्यार्थी छन् । तीमध्ये ५ सय ७ छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा करिब ६ करोड लागतमा ३ तला नवनिर्मित भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज… पुरा पढौ

शिक्षक सेवा आयोगले माग्यो १५ सय शिक्षक

शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी १ हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट बुधबार सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र… पुरा पढौ

५ वर्षे रणनीति बनाएर मानित विश्वविद्यालय बन्दै जनप्रिय

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्च शिक्षा दिने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवमा भण्डारीले देशभरीका १ हजार ४ सय सामुदायिक क्याम्पसमध्ये जनप्रियको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने, ‘व्यापारले मात्रै मुलुक सम्पन्न हुँदैन, आविष्कार चाहिन्छ । त्यसका लागि… पुरा पढौ

मणिपालले पिसिएल नर्सिङ पढाउन नपाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ। कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले पनि नर्सिङमा विद्यार्थी भर्ना गर्न नपाउने भएको छ । चिकित्सा शिक्षा आयोगको पत्रपछि सिटिइभिटीले १५ वटा कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको हो। सिटइभिटीले ८ गते ती कलेजमा भर्ना खुला गरेको थियो। आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र… पुरा पढौ

८० जनालाई मन्टेसरी तालिम

गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ८० जनालाई ३ महिने तालिम दिइएको छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखरा महानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालित छ । अघिल्लो आर्थिक वर्ष सञ्चालन भएका ३ महिने तालिमहरु कोभिड १९ का कारणले निर्धारित समयमा सम्पन्न भएका थिएनन् । सहभागीलाई कोर्स सम्पन्न तह एकको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले आगामी दिनमा सीप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनुपर्ने… पुरा पढौ

वक्तृत्वमा अनुष्का प्रथम

पोखरा महानगरपालिका वडा नं. १७ को बाल मञ्चले आयोजना गरेको वक्तृत्व कला प्रयियोगितामा घारीपाटन बाल क्लबकी अनुष्का रिजाल प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार भएको प्रतियोगितामा द्वितीय शेरजागृति बाल क्लबकी वन्दना कार्की, तृतीय छोरेपाटन माविकी सुदीप सुवेदी र सान्त्वना पार्टी माविका प्राञ्जल परियार भए । ‘बाल अधिकार, आजको सवाल’ विषयमा भएको प्रतियोगिताका लागि बाल हितकारी परियोजनाले सहयोग गरेको थियो । प्रतियोगितामा १२ प्रतिश्पर्धी थिए । निर्णायकमा… पुरा पढौ

आफ्नै अस्पताल नभएकाले नर्सिङ पढाउन नपाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए । आफ्नै १००… पुरा पढौ

हिसान कास्कीमा नयाँ समिति

हिसान कास्कीको १९ औं साधारणसभा तथा आठौ अधिवेशनले यामबहादुर रोकाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दिवाकर जैसी, सचिव ढाकाराम कँडेल, कोषाध्यक्ष सुन्दरप्रसाद ढकाल र सहसचिव पुरन कुँवर छन् । कार्यसमिति सदस्यमा डा. चैतन्यराज अधिकारी, लीलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्णप्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्बर गुरुङ, राजेन्द्रमणि पौडेल, मोहनलाल पौडेल, डिल्लीराम अर्याल, नवीन बराल, डिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ छन् । कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं