शिक्षा

जनप्रियमा छात्रवृत्तिमा एमबिए पढ्ने अवसर

जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए एचएम अध्ययनका लागि क्याम्पस र स्थानीय तहहरु मिलेर शतप्रतिशत छात्रवृत्ति दिएका छन् । कास्कीका तीन र लमजुङको एक गरी चार पालिकाबाट एक÷एक जनाले छात्रवृत्तिमा यो कार्यक्रम पढ्द पाउने छन् । कास्कीको पोखरा महानगर, अन्नपूर्ण र मादी गाउँपालिका र लमजुङको मध्य नेपाल नगरपालिकाका १÷१ विद्यार्थीले यो अवसर पाउने छन् । चार सेमेस्टारमा पढाइ हुने एमबिए एचएमको शुल्क तीन लाख २५ हजार छ । यसैगरी जनप्रियमा यो कार्यक्रम… पुरा पढौ

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको… पुरा पढौ

गण्डकी बहुप्राविधिकमा नयाँ विद्यार्थीलाई स्वागत

गण्डकी बहुप्राविधिक शिक्षालयले नयाँ शैंक्षिक सत्रका लागि शिक्षालय अन्तर्गतका बिभिन्न विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत गरेको छ । यो शिक्षालय स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीसँगको सहकार्यमा पोखरा महानगरपालिकाले चलाएको हो । यहाँ हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जिल्लाका करिब ४ सय विद्यार्थी छन् । शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेस्टी, मन्टेसरी अन्तर्गतका ८ वटा विषयमा पढाइ हुन्छ । समारोहमा पोेखरा… पुरा पढौ

मादी–जनप्रिय सम्झौता

पोखरा, १ असोजकास्कीको मादी गाउँपालिका र पोखरा ८ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसबीच छात्रवृत्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि जनप्रियमा मादीका १ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा बिएमटिएम पढ्न पाउने छन् । त्यस्तै, अर्का १ जनाले एमबिए (एचएम)मा पूर्ण छात्रवृत्तिमा पढ्न पाउने छन् । सम्झौतापत्रमा मादी अध्यक्ष देवीजंग गुरुङ र जनप्रियका क्याम्पस प्रमुख लोकराज भण्डारीले हस्ताक्षर गरेका हुन् । विद्यार्थीलाई गाउँपालिकाले ७५ प्रतिशत र क्याम्पसले २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् ।… पुरा पढौ

जनप्रिय बहुमुखीमा अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ। शुक्रबार भएको क्याम्पस मूल इकाइ समितिको ९ औ सम्मेलनले दामोदर भुषालको अध्यक्षतामा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा करुणजङ कुवर, विनोद कुवर र इभा परियार छन् । यस्तै, सचिवमा सुदीप बराल, सहसचिव कृज्मा गुरुङ, अन्जना सापकोटा र राजन नेपाली तथा कोषाध्यक्षमा वन्दना सुनार चुनिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं… पुरा पढौ

सुर्खेतका वादीलाई ग्लोबल स्कुलको १ लाख

पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ । सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन। मंगलबार विद्यालयका प्राचार्य बाबुराम पन्तले हिक्मत वादीलाई एकलाखको चेक हस्तान्तरण गर्दै प्रति वर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो… पुरा पढौ

शैक्षिक क्रियाकलापमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग अवसर र चुनौती

मानीस वा अन्य जनावरको भौतिक दिमागको प्रयोग नगरी बौद्धिकताको प्रदर्शन यन्त्र र मेसिनको मार्फत प्रदर्शन गर्ने प्रणालीलाई कृत्रिम बौद्धिकता (एआई) भनिन्छ। अर्को शब्दमा यसलाई यान्त्रिक बुद्धि, बौद्धिक मध्यस्थकर्ता पनि भनिन्छ। कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई) भनेको मेसिनहरू, विशेष गरी कम्प्युटर प्रणालीद्वारा मानव बुद्धिमत्ता प्रक्रियाहरूको एकीकृत रूप हो। यसको विशिष्ट अनुप्रयोग अन्तर्गत विशेषज्ञ प्रणाली, प्राकृतिक भाषा प्रशोधन, वाक्य परिवर्तन एवं पहिचान र यान्त्रिक दृष्टिकोण आदि पर्दछ्न। सूचना प्रबिधिको क्षेत्रमा भएको तिब्र… पुरा पढौ

कन्या क्याम्पसमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

कन्या क्याम्पस पोखरामा कक्षा ११ का नव आगन्तुक छात्रालाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ । यो गण्डकी प्रदेशकै महिलामात्र अध्ययन गर्ने क्याम्पस हो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष मदन शर्माले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त क्याम्पसमा भर्ना भएका छात्रालाई प्रभावकारी शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले नयाँ विद्यार्थीलाई क्याम्पसका बारेमा विस्तृत जानकारी दिए । छात्रा कल्याण समितिका निवर्तमान संयोजक ममता शाहले कक्षा ११… पुरा पढौ

पब्लिक क्याम्पस संघ गण्डकीमा बुढाथोकीको नेतृत्व

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी निर्वाचित भएका छन् । उनी जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् । पोखरामा शनिबार भएको अधिवेशनबाट निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले, उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल निर्वाचित बने । सचिवमा दीपेन्द्र पौडेल, सहसचिव विजय शर्मा, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी निर्वाचित भएका… पुरा पढौ

पिएन नेपाली विभाग प्रमुखमा यमनाथ

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसको प्रमुखमा सहप्राध्यापक यामनाथ तिमिल्सिना नियुक्त भएका छन् । उनलाई बुधबार विभागमा आयोजित समारोहमा सहायक क्याम्पस प्रमुख प्राध्यापक लालबहादुर कुँवर र विभागका निवर्तमान प्रमुख प्राडा कुशुमाकर न्यौपाने पदस्थापन गराएका हुन् । ०५१ सालबाट पृथ्वीनारायण क्याम्पसमा आवद्ध तिमिल्सिना ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइका पूर्वसभापति र प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् । तिमिल्सिनाका भाषा विज्ञानसँग सम्बन्धित १० कृति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं