नेपाल राष्ट्रिय शिक्षक संगठन प्रथम गण्डकीको प्रथम अधिवेशनले अध्यक्ष रोमहर्षण पौडेलको नेतृत्वमा २९ सदस्यीय समिति चयन गरेको छ ।
निर्विरोध चुनिनुभएका पौडेल संगठन कास्कीका अध्यक्षसमेत हुन् । समितिको खुला उपाध्यक्ष बलराम रानाभाट (नवलपुर), समावेशी उपाध्यक्ष ओमबहादुर थापा (बागलुङ), महासचिव ध्रुवराज सिग्देल (तनहँु), उपमहासचिव ईश्वर श्रेष्ठ (गोरखा), कोषाध्यक्ष बोधराज पौडेल (कास्की), सचिव विकल्प लामा (लमजुङ) र सहकोषाध्यक्ष सुनिता बराल गिरी (म्याग्दी) छन् ।
संगठनको केन्द्रीय प्रतिनिधिमा कास्कीका शकुन्तला आचार्य र लमजुङका राजु थापा निर्विरोध बने । प्रदेश समितिको लेखा आयोगका सदस्यमा रामप्रसाद अर्याल, खेमराज खतिवडा र बुद्धिबहादुर खड्का छन् । अधिवेशनमा अध्यक्ष, खुला उपाध्यक्ष र महासचिव पदमा निर्वाचन र समितिका अरु पदाधिकारी र सदस्य निर्विरोध भएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिका कार्यवहाक अध्यक्ष हर्कबहादुर लामिछानेको अध्यक्षतामा भएको अधिवेशन नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।