पोखरा महानगरको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

शैक्षिक क्षेत्रमा भईरहेको कालोबजारी नियन्त्रणमा सम्बन्धित सरोकारवाला निकाएले चासो नदिएको र सम्पुर्ण बिधालयको सुधार एबम दीर्घकालीन योजना नबनाई रहेको अवस्थामा थप दबाब सृजना गर्न भन्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरको शिक्षा शाखाको प्रमुखको कार्यकक्षका ताला बन्दी गरेको छ ।

२३ गते पोखरा महानगर को शिक्षा समिती र शिक्षा परिषदको संयुक्त बैठकले सम्पुर्ण विद्यालयलाई विभिन्न निर्देशन दिएको थियो । निर्देशन दिएता पनि उक्त निर्देशन अनुसार काम कारबाही नभएको र पटक पटक शिक्षा महाशाखालाई खबरदारी गर्दा पनि काम नभएकोले ताला बन्दि गर्नु परेको ने.बि.संघ कास्किका उपाध्यक्ष राजेन्द्र बरालले जानकारी दिए । आफैले दिएको निर्देशको कार्वनयन नगर्ने बिधालयलाई कानुनीकाे दायरामा ल्याउन र पोखरा माहानगर अन्तर्गतका सम्पुर्ण बिधालय को अवस्था को जानकारी गराउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि नेपाल विद्यार्थी संघ कास्की तालाबन्दी गर्न बाध्य बनेको र तत्काल दीर्घकालीन योजना सहित अगाडि बढ्न सम्पुर्ण सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएकाे ने.बि संघ कास्कीका अध्यक्ष अन्जन जंग थापाले बताए ।