शिक्षा

त्रिविका सम्पूर्ण परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले जानकारी दिएका छन् । विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ । कोरोनाको प्रभाव हेरेर विश्वविद्यालयले परीक्षा र कक्षा सञ्चालनका विषयमा निर्णय लिने जानकारी… पुरा पढौ

एसईई रोकिएकोमा परीक्षा बोर्डले विद्यार्थीसँग क्षमा माग्यो

सरकारले आज (बिहीबार)देखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन्। बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन्। विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार… पुरा पढौ

परीक्षा र पठनपाठन रोकियो

पोखरा विश्वविद्यालयले पठनपाठन र परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबारको सूचना अनुसार यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएका यी परीक्षाहरू सञ्चालन हुनुभन्दा एक हप्ता अगाडि सूचना प्रकाशित गरिने जनाइएको छ । पुरा पढौ

गण्डकी प्रदेशबाट ४८ हजार विद्यार्थीले एसइई दिँदै

बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिएका छन् । प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए । प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको एसइई परीक्षमा १० हजार ८४० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।… पुरा पढौ

फेरियो स्कुल समय, ९-४ बजेसम्म पढाइ

नयाँ शैक्षिक सत्रदेखि स्कुल समय परिवर्तन भएको छ । अब स्कुल बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्कुल समयबारे निर्णय गरी शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिइसकेको छ । अहिलेसम्म स्कुल, सरकारी र निजी कार्यालय खुल्ने समय समान एउटै छ । निजी विद्यालयका बस र कार्यालय समयमा हुने आवागमनले सडक जाम बढेपछि त्यसको व्यवस्थापनका लागि… पुरा पढौ

घरपझोङमा क्षमता विकास कार्यशाला

राष्ट्रि«य प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत मुस्ताङको घरपझोङ–४ जोमसोममा आईतबार देखि ३ दिने क्षमता विकास कार्यशाला सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यशाला संञ्चालन गरिएको जनाईएको छ । घरपझोङ गाउपालिकाको आयोजना तथा अमेरिकी सहयोगी संस्था युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा संञ्चालित क्षमता विकास कार्यशालामा घरपझोङमा रहेका विद्यालयहरुले सहभागीता जनाएका छन् । ३ दिने कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका नीति ,रणनीति कार्यक्रम र… पुरा पढौ

त्रिविका स्नातकोत्तर र स्नातकका परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैत ७ गतेदेखि सुरु हुने विभिन्न विभिन्न संकायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । ‘कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन,’ नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले… पुरा पढौ

सोसल पब्लिक एबाकस च्याम्पियन, प्राञ्जल सम्मानित

माइन्ड टेक पोखराले गण्डकी प्रदेशमै पहिलो पटक अन्तरविद्यालय एबाकस प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा च्याम्पियन सोसल पब्लिक स्कुल, फस्ट रनर अप डायमन्ड मावि र सेकेन्ड रनरअप सृजना मावि बने । विजयीले ट्रफी र मेडल पाएका छन् । प्रतियोगितामा १० विद्यालय सहभागी थिए । माइन्ड टेक पोखराले ३ वर्षअघि देखि एबाकस शिक्षण गर्दै आएको छ । हाल १० विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । एबाकस पढिरहेका विद्यालयबाट तहगत रुपमा… पुरा पढौ

काभ्रे क्याम्पसमा १ महिनादेखि तालाबन्दी

विगत एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको भन्दै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी… पुरा पढौ

परीक्षामा राम्रो अंक नल्याउनेको हात ब्लेडले चिरियो

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।  १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं