अनलाइन चित्रकला प्रतियोगितामा अनुसुया पहिलो

कोरोना भाइरस स्वास्थ्य सुरक्षामा बालबालिकाको भूमिका विषयमा पोखरामा भएको अनलाइन चित्रकला प्रतियोगितामा पोखरा १७ की अनुसुया बराल प्रथम भएकी छिन् ।

राईट्स फर चिल्ड्रनले आयोजना गरेको प्रतियोगिता पोखराको मासबार स्थित मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत बराल १८ वर्षमुनिका बालबालिकाबीच भएको हो । प्रतियोगितामा कृसा श्रेष्ठ दोस्रो र अजय गिरी तेस्रो बने । रवीन्द्र विक चौथो भएको प्रतियोगिताको अन्तिम राउण्डमा १५ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम भएको अनुसुयाको चित्र ।

कक्षा ४ मा अध्ययन गर्दैदेखि आफूले चित्र बनाउन सुरु गरेको बरालले सुनाइन् । उनले वाटर कलर, एक्रेलिक कलर प्रयोग गर्ने गरेकी छिन् । जनजीवन, प्रकृति, संस्कृति, वातावरण, स्वास्थ्य जस्ता विषयलाई उनले क्यानभासमा उतार्ने गरेकी छिन् ।