गण्डकी बहुप्राबिधिक शिक्षालयको दरखास्त आह्वान त्रुटीपूर्ण : पिन

- बुझायो महानगर प्रमुखलाई ज्ञापनपत्र

प्रोग्रेसिफ ईन्जिनियरिङ एसोसियशन नेपाल (पिन) गण्डकी प्रदेशले गण्डकी बहुप्राबिधिक शिक्षालयको निर्देशकको आवेदन सम्बन्धि बिषयमा पोखरा महानगर प्रमुखलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको छ । पिनले निर्देशक पदका लागि खुलाईएको आवेदन सम्बन्धमा देखिएका त्रुटी बुँदागतरुपमा उल्लेख गर्दै तत्काल ति त्रुटीहरु सच्याउन माग गर्दै महानगर प्रमुख मान बहादुर जिसी समक्ष ज्ञापन पत्र बुझाएको हो ।

पोखरा महानगरपालिकाले साउन २७ गते शिक्षलयको निर्देशक आवेदन सम्बन्धमा बिभिन्न प्रावधान सहित दरखास्त आह्वान गरेको थियो । तर पिनले महानगरको यो आह्वान सुनियोजित भएको भन्दै बिरोध जनाएको छ । जसमा पिनले कोरोनाका कारण सबैजना घरभित्रै आतंकित जीवन बिताईरहेका बेला अचानक महानगरले निर्देशका लागि दरखास्त आह्वान गर्नु र त्यो पनि हस्तलिखित नै चाहिन्छ भन्नु अस्वभाविक र नियोजित देखिन आएको भन्दै सो आवेदन अनलाईन मार्फत लिईनु पर्ने बताएको छ ।

त्यस्तै महानगरले आह्वान गरेको दरखास्तमा आवश्यक न्युनतम योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट बिज्ञान वा ईन्जिनियरिङ बिषयमा स्नातकोत्तर उत्रीर्ण हुनुपर्ने उल्लेख छ तर पिनले भने प्राविधिक ईन्जिनियरिङ डिप्लोमा अध्यापन गराईने शिक्षलयका निर्देशक ईन्जिनियरिङ बिषयमा नै स्नातकोत्तर या त्यो भन्दा माथीको अध्ययन पुरा गरेको ईन्जिनियर राखिनु पर्ने माग राखेको छ । साथै पिनले बुझाएको ज्ञापन पत्रमा शिक्षालयको निर्देशक जस्तो गरिमामय पदमा आवेदकको कार्यगत अनुभवलाई पनि ध्यान दिनुपर्ने बताएको छ ।

बुँदागत त्रुटीसहित ज्ञापनपत्र बुझाएको पिनले आफ्ना मागहरु समावेश गरि ति मागहरुप्रति गम्भिर हुन र त्रुटी सच्याउँदै नियमानुसार पुन: १५ दिनको सुचना प्रकाशित गरि छनौट प्रकृया अघि बढाउन समेत माग गरेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।