एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की महिला शिक्षा विभागमा प्रतिभा

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको महिला शिक्षक विभागमा प्रतिभा अधिकारी चयन भएकी छन् । संगठनको बिहीबार भएको भर्चुअल मोडको भेलाले उनलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो ।

पवित्रा श्रेष्ठ सहसंयोजक र पुर्णिमा गुरुङ सचिव रहेको विभागका सदस्यमा विष्णुमाया भट्टराई, माया पौडल, लीला न्यौपाने, बिन्दु अधिकारी, अम्बिका भण्डारी र दुर्गा ढकाल छन् । भेलामा संगठनका केन्द्रिय महिला शिक्षक विभाग ईञ्चार्ज एवं केन्द्रिय समितिका उपाध्यक्ष नानुमाया पराजुलीले महिला शिक्षकहरु पुरुष शिक्षकहरु जस्तै समान काम गर्न सक्षम हुँदाहुँदै पनि उनीहरुलाइ अवसरबाट वञ्चित गर्ने गरिएको दाबी गरिन् । साथै महिलाहरु आफ्नो हैसियत आफै निर्माण गर्न तयार हुन र अगाडि बढ्न तमाम महिला शिक्षकहरुलाइ आह्वान गरिन् ।

संगठनका गण्डकी प्रदेश समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले संगठनले महिला शिक्षकलार्इ कहिल्यै पनि असमान ब्यवहार नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रकृतिप्रदत्त अधिकारबाट महिलालाई विमुख गरिनु सामाजिक रुपमा अस्विकार्य हुने र त्यसता कर्मका बिरुद्ध खुलेर लाग्न अपिल गरे ।

नेकपा कास्कीका सचिव बखान सिङ तमु ञआभाषले महिला शिक्षकले सममज परिवर्तनको आन्दोलनमा खेलेको हिजोको भुमिकाको प्रशंसा गर्दै महिलामाथि कुनै पनि बहानामा हुने विभेदको बिरुद्धमा आफ्नो पार्टी र आफु सदा रहने कुरा बताउँदै कम्युनिस्ट आन्दोलन सबै खाले विभेदको बिरुद्धको महासंग्राम रहेको उल्लेख गरे ।

संगठनका जिल्ला समिति अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको उक्त कार्यक्रम संगठनका जिल्ला समितिका महिला उपाध्यक्ष सम्झना कट्टेलको अध्यक्षतामा र प्रतिभा अधिकारीको सञ्चालनमा भएको संगठनका जिल्ला समन्वय समिति सचिव प्रकाश रिजालले बताए ।