शिक्षा

गुरुकुलमा ५ दिने अनलाईन शिक्षण तालीम

पोखराको नयाँबजार स्थित गुरुकुल विद्या सदन माविले गुगलबाट भर्चुअल अनलाईन कक्षा सहज बनाउन आफ्ना शिक्षकलाई तालिम दिएको छ । साउन२०–२४ सम्म चलेको तालिममा अध्यापन कार्यलाई सकेसम्म प्रभावकारी बनाउन प्रशिक्षकले विभिन्न उपाय सुझाएका थिए । दोहोरो संवाद, गृहकार्य चेकजाँच, अनलाइन परीक्षा लगायत आवश्यक बिभिन्न विषयवस्तुका बारेमा प्रशिक्षार्थीलाई जानकारी गराइएको थियो । तालिम समापनका अवसरमा विद्यालयका अध्यक्ष धर्मराज कोइरालाले अप्रत्यासित रुपमा आइलागेको विपत्ति र चुनौतीको सामना गर्न भर्चुअल क्लास उपयुक्त हुने विचार… पुरा पढौ

पश्चिमाञ्चल क्याम्पसमा हल्ट प्राईज प्रतियोगिता

हल्ट प्राईज भनेको विद्यार्थीहरुका लागि सबैभन्दा ठुलो प्रतिस्पर्धा र सामाजिक उन्नतिका लागि स्टार्ट-अप प्लेटफर्म हो । यो वार्षिक कार्यक्रम हो र यसको चारवटा चरणहरु हुन्छन् । सर्वप्रथम यो कार्यक्रम क्याम्पसमा हुन्छ र यसको लागि क्याम्पस डीरेक्टर् अनुप ज्वाला पौडेललाई हल्ट प्राईज ग्लोबल टीम ले पश्चिमाञ्चल क्याम्पस को लागि सेलेक्ट गरेको छ । क्याम्पस डीरेक्टर् ले विज्ञहरूको सहयोग लिएर एउटा आयोजक समिति गठन गर्नु हुन्छ। यस कार्यक्रममा बिद्यार्थीहरुलाई एउटा प्लेटफर्म प्रदान… पुरा पढौ

रत्नशोभा स्कुलमा भवन, खानेपानी टंकी र शौचालय बन्दै

पोखरा २८ माझठाना, रैकरको रत्नशोभा माविमा भूकम्प पुनर्निर्माण प्राधिकरणको सहयोगमा एकैसाथ भवन, खानेपानी टंकी र शौचालय बन्ने भएका छन् । शुक्रबार आयोजित कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले यी पूर्वाधार शिलान्याश गरे । अधिकारीले सामुदायिक स्कुलहरुका भौतिक निर्माणका लागि सरकारले उल्लेख्य लगानी गरेको उल्लेख गर्दै अब गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे । गुणस्तरीय र युगसापेक्षा शिक्षाबाट नै समृद्ध नेपाल निर्माण हुने उनको भनाइ छ । पोखरा २८ का अध्यक्ष निर्मल… पुरा पढौ

प्रधानमन्त्रीसँग विद्यार्थी नेताले मागे पोखरा विश्वविद्यालयमा उपकुलपति

पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तीको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ती छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए । विगत… पुरा पढौ

महानगरले दियो विद्यार्थीलाई स्वअध्ययन सामग्री

कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्वअध्ययन सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले तयार पारेको स्व अध्ययन सामग्री पोखरा वड नम्बर १८ का ९ वटा विद्यालयका विद्यार्थीलाई बुधबार वितरण गरिएको हो । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा, लगायतले स्व अध्ययन सामग्री वितरण गरेका हन् । कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि गणित, विज्ञान, अंग्रेजी,… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान विधेयकमाथि अन्तरक्रिया सम्पन्न

पोखरा, साउन ९ । गण्डकी प्रदेश सरकारले गठन गर्ने प्रज्ञा प्रतिष्ठानको विधेयकमाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । सयपत्री समाज कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा वक्ताहरूले विधेयक स्वायत्त बन्न नसकेको र थुप्रै संशोधनपछि मात्र संसदबाट पास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रा.डा. विष्णुप्रसाद पौडेल र डा. कृष्णराज अधिकारीले विधेयकको अध्ययन गरी सुझाव पेश गरेका थिए । आफ्नो अध्ययन पत्र प्रस्तुत गर्दै प्रा.डा. विष्णुप्रसाद पौडेलले विधेयकमा रहेका दफा… पुरा पढौ

सडकमा निस्केर शिक्षकले भने : हामीलाई पनि बाँच्न देऊ

निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपालअन्तर्गत पोखरा महानगर समितिको आयोजनामा सोमबार शान्तिपूर्ण ¥याली निकालिएको छ । कास्कीको पोखरा र यस आसपासमा रहेका निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको ¥याली पोखराको सृजनाचोकबाट सुरु भएर न्युरोड हुँदै मानवअधिकार चोकमा गई कोण सभामा परिणत भएको थियो । ¥यालीमा उपस्थित शिक्षक कर्मचारीले “हामी पनि बाँच्न पाऊँ, श्रमको उचित मूल्याङ्कन गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर जस्ता नारा लेखिएका… पुरा पढौ

ह्याप्पीमा एसियामै पहिलो पटक जोखिम न्यूनीकरण र प्रविधियुक्त स्कुल बस

ह्याप्पी बोर्डिङ स्कुल मासबार, पोखराले आफ्ना स्कुल बसहरुलाई एसियामै पहिलो पटक जोखिम न्युनीकरण र प्रविधियुक्त बनाएको छ । बिहान विद्यालय गएका बालबालिका बेलुका घर नआएसम्म अभिभावकलाई निस्चिन्त बनाउन यस्तो सुविधाले सहयोग गर्ने स्कुलका संस्थापक/निर्देशक कविराज बरालले बताए । उनले भने, ‘असुरक्षित यात्रा, सवारी चाप तथा अव्यवस्थित सहरीकरणका बेला शिक्षासँगै स्वास्थ्य, शारीरिक तथा जोखिम न्यूनीकरणलाई ध्यानमा राखी स्कुल बसमा अत्याधुनिक प्रविधि प्रयोग गरेका हौं ।’ बरालले स्कुलमा भएका २ बसमा विभिन्न… पुरा पढौ

अनलाइन कक्षा पढ्न नपाएकालाई विशेष व्यवस्था गर्न अनेरास्ववियुको ध्यानाकर्षण

अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीले अनलाइन कक्षामा पढ्न नपाएका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न माग गरेको छ । कमिटीका संगठन विभाग प्रमुख विनय पराजुलीले अनलाइन सुविधा सदुपयोग गर्न नपाउने विधार्थीका लागि अनुकूल समय सृजना गरी कक्षा सञ्चालन गर्न क्याम्पस प्रमुख विरञ्जी गौतमलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । ध्यानाकर्षणपत्रमा अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको स्वागत गरिएको छ । पुरा पढौ

एसइई दिएका विद्यार्थीलाई सित्तैमा तालिम

माउन्ट अन्नपूर्ण क्याम्पस पोखरा ११ फूलबारीले एसइई दिएका विद्यार्थीलाई बेसिक वेब र ग्राफिक डिजाइनिङ ट्रेनिङ दिने भएको छ । आइतबारदेखि १५ दिनसम्म बिहान ११ बजेदेखि १२ बजेसम्म १ घन्टा चल्ने तालिमका लागि कुनै शुल्क लाग्ने छैन । इन्जिनियर सन्तोष पन्थले जुमबाट दैनिक १ घन्टा सहजीकरण गर्ने छन् । एसइई दिएर बसेका विद्यार्थीलाई अहिलेको लकडाउनका बेला केही सीप सिकाउन र अन्योलमा पनि आशा सञ्चार गर्न तालिम आयोजना गरिएको कलेजका कोअर्डिनेटर इन्जिनियर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं