गुरुकुलमा ५ दिने अनलाईन शिक्षण तालीम

पोखराको नयाँबजार स्थित गुरुकुल विद्या सदन माविले गुगलबाट भर्चुअल अनलाईन कक्षा सहज बनाउन आफ्ना शिक्षकलाई तालिम दिएको छ ।

साउन२०–२४ सम्म चलेको तालिममा अध्यापन कार्यलाई सकेसम्म प्रभावकारी बनाउन प्रशिक्षकले विभिन्न उपाय सुझाएका थिए । दोहोरो संवाद, गृहकार्य चेकजाँच, अनलाइन परीक्षा लगायत आवश्यक बिभिन्न विषयवस्तुका बारेमा प्रशिक्षार्थीलाई जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा विद्यालयका अध्यक्ष धर्मराज कोइरालाले अप्रत्यासित रुपमा आइलागेको विपत्ति र चुनौतीको सामना गर्न भर्चुअल क्लास उपयुक्त हुने विचार राखे ।

प्राचार्य अच्यूत पाण्डेले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिँदै आएको विद्यालयले विश्वव्यापी महामारीले सिकाइ प्रकृया अवरुद्ध हुन नदिने उपाय अवलम्बन गरेको उल्लेख गरे । उनले भने, ‘महामारी लम्बिदै जाँदा अझै समस्या थपिनसक्ने आँकलन गरेर हामीले वैकल्पिक शिक्षण पद्दतीमा पोख्त हुनुपर्ने देख्यौं । त्यसै अनुरुप भर्चुअल कक्षा सञ्चालन सम्बन्धि तालिमको आयोजना गरेका हौं ।’

विद्यालयका १०ं जोड २ संयोजक रवि कार्की, सहसंयोजक वसन्त कुमार श्रेष्ठ, सस्थापकद्वय प्रमोद बराल र हरि ढकाल, शिक्षक फणिन्द्र अधिकारी, शान्ती गुरुङ, रिभा बराल लगायतले कार्यक्रममा बोलेका थिए । पोखरा नयाँबजारमा वि।सं। २०५१ साल देखि सञ्चालन हुँदै आएको गुरुकुलमा गत वर्षदेखि दश जोड दुइमा विज्ञान, होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टसमेत पढाइ हुन थालेको छ।