पश्चिमाञ्चल क्याम्पसमा हल्ट प्राईज प्रतियोगिता

हल्ट प्राईज भनेको विद्यार्थीहरुका लागि सबैभन्दा ठुलो प्रतिस्पर्धा र सामाजिक उन्नतिका लागि स्टार्ट-अप प्लेटफर्म हो । यो वार्षिक कार्यक्रम हो र यसको चारवटा चरणहरु हुन्छन् । सर्वप्रथम यो कार्यक्रम क्याम्पसमा हुन्छ र यसको लागि क्याम्पस डीरेक्टर् अनुप ज्वाला पौडेललाई हल्ट प्राईज ग्लोबल टीम ले पश्चिमाञ्चल क्याम्पस को लागि सेलेक्ट गरेको छ ।

क्याम्पस डीरेक्टर् ले विज्ञहरूको सहयोग लिएर एउटा आयोजक समिति गठन गर्नु हुन्छ। यस कार्यक्रममा बिद्यार्थीहरुलाई एउटा प्लेटफर्म प्रदान गर्दछ जहाँ उनीहरुको ब्यबसाहिक बिचारलाई पिच गर्न सक्छन। अन्त्यमा क्याम्पसमा कार्यक्रमको विजेतालाई अर्को स्तर “हल्ट प्राईज दि रिजनल्स” मा पदोन्नति गरिन्छ । हल्ट प्राईज दि रिजनल्स सहभागीहरुले फेरी संसारभरका टोलीहरुसँग प्रतिस्पर्धा गर्छन् र क्षेत्रीय बिजेता हल्ट प्राईज मा चयन हुन्छन् र अर्को चरण एसिलिरेय्टर मा पुग्छन् ।

एसिलिरेय्टर कार्यक्रम ५-८ हप्ताको कार्यक्रम हो जहाँ टोलीहरु यी बिचारहरुलाई लगानी – तयारी मा प्रबन्ध टोली , व्यवसाय योजना र प्रोटोटाइपको साथ रुपान्तरण गर्न मद्दत गरिन्छ । एसिलिरेय्टर कार्यक्रमको अन्त्यमा सिर्स ६ वोटा टोलीहरुलाई संग्युक्त राष्ट्र संघ , न्यु योर्कमा उनीहरुको बिचारलाई पिच गर्नका निमित आमन्त्रित गरिन्छ। तीमध्ये निरपेक्ष बिजेताले US $ १,०००,००० को धनराशी जित्नेछ ।

यसपटकको हल्ट प्राईजमा क्याम्पस डिरेक्टर सहित ७ जनाको आयोजक समिति गठन गर्ने सोच भयतापनी अतन्त्यै क्ष्यमतावान बिद्यार्थीहरुले इच्छुकता देखाएपछि अन्तिम छनोट मा सल्लाहकारहरु हरु को सहयोगमा क्याम्पस डिरेक्टर सहित १३ जनाको आयोजक समिति २०७७ / ४ / १३ गतेका दिन जूम याप को माध्यमबाट कार्यक्रम गरेर घोषणा गरेका थियौं । १३ जना मध्यका सौगात पौडेललाई “ रिसर्से किउरेय्टर ” को पद मा राखिएको छ र उहाको काम भनेको मध्यस्थकर्ताको रुपमा रहेर टोलीका सदस्यहरुलाई स्रोत सामग्रीको व्यवस्था मिलाउनु हो।

यसका साथै पूजा बस्ताकोटीलाई सम्पूर्ण आर्थिक कारोबारको जिम्मेवारी दिदै ” वित्त प्रमुख ” बनाइएको छ। ” मानब संसाधन प्रमुख ” को पदमा केशब जिमीलाई चयन गरेका छौ । उहाँले यस कार्यक्रममा स्वयंसेवक तथा प्रतियोगीहरु लाई हल्ट प्राईज को बारेमा ज्ञान दिने हो ।

सजनी कुँवर लाई ” कम्युनिटी संयोजक” र कुन्दन लम्साललाई “कम्युनिटी सह – संयोजक” को पदमा राखिएको छ। उहाँहरूको मुख्य काम भनेको पश्चिमाञ्चल क्याम्पस भित्रका र बाहिरका संस्थाहरुमा हल्ट प्राईज को बारेमा ज्ञान दिएर सबैलाई अवगत गराउने हो ।

यसका साथसाथै ” स्टोरी टेल्लर् ” को पदमा चेतना सुबेदीलाई रोजेका छौ। उहाँले यस कार्यक्रमलाई आफ्नो शब्दको माध्यमबाट एउटा खुल्ला किताब जसरी दर्शकसामु पुर्याई दिनुहुन्छ । त्यसैगरी यस कार्यक्रमका “ सामग्री लेखक गुरु” का रुपमा सुरेश पन्त लाई राखेका छौं जसले यस कार्यक्रमका सम्पूर्ण विषयवस्तुलाई आफ्नै भाषा शैली र शब्दमा लेख्नुहुन्छ ।

यस कार्यक्रममा राम्रो राम्रो योजना चित्रित गर्न को लागि दयाराज ढुंगानालाई “ डिजाइनर प्रमुख” को पदमा राखेका छौं भने उहालाई सहयोग गर्नका लागि “ दृश्य डिजाइनर” को पदमा बिबेक पौडेललाई रोजेका छौ । यस कार्यक्रम को फेस अफ द प्रोग्राम को लागि प्रशान्त पन्तलाई “एमब्यस्यडर्” र सितल खनाललाई “प्रोमोटर” को पदमा सुनिछित गरेका छौ ।

साथै “सह – क्याम्पस डीरेक्टर्” को रुपमा रोजी गुप्तलाई सेलेक्ट गरियको छ। उहाको जिम्मा सबै कार्यहरुको रिपोर्ट बनाउने र क्याम्पस डीरेक्टर् लाई हरेक कार्यको जानकारी दिने रहेको छ।
हल्ट प्राईज संयोजन समिती अभिमुखीकरण कार्यक्रम २०७७/०४/१५ बेलुका ४:३० देखि साँझ ७:३० बजेसम्म निर्धारित गरिएको थियो ।

यसमा आयोजक समितिका सदस्यहरुको परिचय र त्यसपछि सल्लाहकार प्रवेश गौतमको छोटो सत्र समावेश थियो । हामीसँग अतिथि हल्ट प्राईज कम्युनिटी नेपालका सुसन डोंगल पनि हुनुहुन्थ्यो । उहाँ हल्ट प्राईज शीर्ष २० क्याम्पस निर्देशकहरु मध्येका एक हुनुहुन्छ । सल्लाहकार ई. हरि के.सी द्वारा हल्ट प्राईज संयोजन समिती सदस्यको सम्बन्धित जिम्मेवारीहरु बुझ्नको लागि सहयोग गर्नुभयो ।

भर्चुअल बैठक जानकारीमूलक र प्रेणादायी भयो । हल्ट प्राईज २०१९- २०२० मा आफ्नो अनुभव कस्तो रह्यो भनेर हामीसामु बताइदिनुभएकोमा सुसन डोंगल लाई हृदयबाट नै धन्यवाद र सधैँ सहयोग र सही दिशाको मार्गनिर्देशनका लागि सल्लाहकारहरु प्रवेश गौतम र ई. हरि के.सी धन्यवाद दिदै हल्ट प्राईज संयोजन समिती अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

हरि केसीबाट