अनलाइन कक्षा पढ्न नपाएकालाई विशेष व्यवस्था गर्न अनेरास्ववियुको ध्यानाकर्षण

अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीले अनलाइन कक्षामा पढ्न नपाएका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न माग गरेको छ ।

कमिटीका संगठन विभाग प्रमुख विनय पराजुलीले अनलाइन सुविधा सदुपयोग गर्न नपाउने विधार्थीका लागि अनुकूल समय सृजना गरी कक्षा सञ्चालन गर्न क्याम्पस प्रमुख विरञ्जी गौतमलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।

ध्यानाकर्षणपत्रमा अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको स्वागत गरिएको छ ।