अन्तर्राष्ट्रिय ओलम्पियाडबारे डिजिटल सेमिनार

बिज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा “फर्स्ट डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्स” सेमिनारको आयोजना गर्ने भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सहकार्य तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सेमिनारलाई सातै प्रदेशमा आयोजना गरिने भएको छ। विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, युनिग्लोब कलेज, विरिन्ची कलेज, प्याब्सन, एन-प्याब्सन, एभरेस्ट वर्ल्ड स्कुल गरी ७ वटा विभिन्न संघ संस्थासँगको सहकार्यमा देशभर सातै प्रदेशमा एक-एक दिने सेमिनारको आयोजना गरिने भएको हो। साउन २६ गते प्रदेश १ मा सेमिनार, साउन ३० गते प्रदेश २ मा सम्पन्न भईसकेको छ ।

गण्डकी प्रदेशमा साउन ३२ गते डिजिटल सेमिनार सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको प्रमुख अतिथ्यमा भएको छ । बिज्ञानसँग सम्बंधित शिक्षक, विद्यार्थी र अभिभावकहरु को उपस्थिती थियो । स्टेम फाउन्डेसनका संस्थापक अध्यक्ष सर्जन बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी शिक्षक र् विद्यार्थी हरु ले आ-आफ्नो अनुभव बाढ्नु भएको थियो ।

रजिष्टर गर्नको लागि स्टेम फाउन्डेशन नेपालको वेवसाइट( www.stemnepal.org) तथा फेसबुक पेजमा रजिस्ट्रेसन लिंक उपलब्ध छ ।