विदेशमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई छात्रवृति

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारका बालबालिकालाई छात्रवृति प्रदान गरेको छ ।

इकाइले श्रम स्वीकृत लिएर रोजगारमा जानेका कास्कीका ३६ जना छात्रछात्रालाइ छात्रवृति प्रदान गरिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बैदेशिक रोजगारीमा गइ ज्यान गुमाएका परिवारका बालबालिकालाइ छात्रवृति वितरण गरे ।

क्षेत्रीले सरकारको गरेको सानो सहयोगले मलम पट्टी लगाउने काम गरेको बताए । ‘ रकम थोरै भए पनि सरकारले आफनो सहभागीता को अनुभूति गराएको छ । यो छात्रवृति खुशी र रमाइलो होइन् दुर्घटनाको कारण यस्तो अवस्था सृजना भयो । सानो सहयोग भएपनि बालबालिकको भविश्य संग जोडिएको छ,’ उनले भने ।

उनले ३०, ४० हजार कमाउनकै लागी विदेश जानुभन्दा स्वदेशमै परिवारसँगै बसेर आयआर्जन गर्न सरकारले सहुलियत व्याजदरमा श्रृण उपलब्ध गराएको बताउदै यसको सदुुपयोग गर्न आग्रहसमेत गरे ।

इकाइका प्रमुख नारायण सुवेदीले रकम वितरण प्रक्रियामा विभिन्न कारणले केही ढिलाइ भएको स्वीकारे । छात्रवृति पर्याप्त नभए पनि सरकारको सानो सहयोगलाई जुन प्रयोजनका लागि हो, त्यसकै लागि खर्च गर्न आग्रह गरे ।

सामी परियोजना प्रमुख माया गुरुङले छात्रवृतिका लागि समबन्धित ठाँउमा आवाज उठाएपछि नियम बनाउन सफल भएको अनुभव सुनाउँदै अगामी दिनमा यस्तो छात्रवृति लिने बालबालिकाको संख्या थप नहोस् भन्ने कामना गरिन् । उनले सम्पूर्ण अभिभावकलाइ रकम सानो भए पनि बालबालिकाको पढाइमै खर्च गर्न सुझाइन् ।

सहभागी अभिभावक सरस्वती बास्तोलाले थोरै रकम भए पनि विपन्न वर्गलाइ सहयोग पुग्ने बताइन् । उनले आगामी दिनमा उच्च शिक्षाका लागि पनि छात्रवृति प्रदान गर्ने वातावरण बनाइदिन सरकारलाइ आग्रह गरिन् ।

सरकारले श्रम स्वीकृती लिई बैदेशिक रोजगारमा गएका सोहि क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाइ कक्षा १ देखि ८ सम्मको लागि वार्षिक ८ हजार र ९ देखि १२ सम्मका लागि १२ हजार रकम छात्रवृति दिने निर्णय गरेको छ ।

मंगलबार ८ हजार २४ जनालाई र १२ हजार १२ जनालाई प्रदान गरिएको छ ।