
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११ औं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले क्याम्पसले भौतिक, शैक्षिक, प्राविधिक एवं व्यवहारीक शिक्षामा फड्को मारी प्रदेशमै अग्रणी शैक्षिक केन्द्रको रुपमा स्थापित हँुदै गएको बताए । उनले स्थानीय सरकारको तर्फबाट क्याम्पसलाई गर्नुपर्ने सहयोगका लागि सधै तत्पर रहने प्रतिवद्धता गरे ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीले रोजगारमुखी शिक्षा प्रदान गर्दै क्याम्पसलाई शैक्षिक केन्द्रका रुपमा स्थापित गर्ने बताए । क्याम्पसले क्युएए प्राप्तिका लागि अन्तिम चरणमा पुगेकाले सरोकारवालालाई धन्यवाद दिए ।
प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले यस क्याम्पसको विकासका लागि गुफाले आर्थिक एवं भौतिक रुपमा स्थापनाकादेखि सहयोग गर्दै आएको स्मरण गर्दै अबका दिनमा समेत निरन्तर सहयोग रहने प्रतिवद्धता गरे । पूर्वगर्भनर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले विद्यार्थीका उत्पादन बजारमा पु¥याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले शैक्षिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञाज शर्माले आर्थिक प्रतिवेदन र लेखा संयोजक ईश्वरीप्रसाद लम्सालले लेखा प्रतिवेदन पेश गरे । सबै प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा संस्थापक अध्यक्ष खगराज शर्मा आचार्य र छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष श्रीराम सुवेदी, कोषाध्यक्ष ज्ञाज शर्मा र शिक्षक लेखनाथ बरालले पनि बोलेका थिए ।
गुप्तेश्वरमा अहिले स्नातकतर्फ बिबिएस, बिएड, बिएचएम, स्नातकोत्तर तहतर्फ एमबिएस कार्यक्रम सञ्चालित छन् ।