शिक्षा

कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।  नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा  जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।  कुन विश्वविद्यायलमा कति विद्यार्थी ?  त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६काठमाडौँ विश्वविद्यायल : १७,०८०पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५नेपाल संस्कृत विश्वविद्यालय  : १, ३०१पोखरा विश्वविद्यायल : २६,८९५लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९मध्यपश्चिमाञ्चल विश्वविद्यायल… पुरा पढौ

चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।      सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको शुक्रबार साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिए ।      उनले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरेको बताए ।  … पुरा पढौ

सर्वोच्चले रोक्यो एमबीबीसको प्रवेश परीक्षा

 सर्वोच्च अदालतले शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएको छ । प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुबै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो । पुरा पढौ

विप्लव समूहद्धारा २ विद्यालयमा बम विस्फोट, स्थानीय आतंकित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।  सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र… पुरा पढौ

पोखराको अमरसिंह मावि र एसओसएस प्रथम

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत १२ कक्षासम्म सञ्चालित विद्यालयबाट सामुदायिकतर्फ पोखराको अमरसिंह मावि प्रथम भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्यांकनमा अमरसिंह प्रथम भएको हो । यस अन्तर्गत मोरङ इन्द्रपुरस्थित सुकुना मावि द्धितीय र पर्वत फलेवासको भवानी विद्यापीठ तृतीय भएका छन् । यसैगरी भक्तपुर नगरपालिका तेखापुखुस्थित मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय… पुरा पढौ

लोकसेवा परीक्षा प्रक्रिया सुरु

संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो । … पुरा पढौ

विन्ध्यवासिनी मावि अध्यक्षमा चन्द्रा

बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चन्द्रा थापा चयन भएकी छन् । अभिभावक भेला र वडा शिक्षा समितिबाट सदस्य सिफारिस भएपछि बसेको बैठकले अध्यक्षको जिम्वेवारी फेरि थापालाई नै दिएको हो । समितिका सदस्यमा गुरुदत्त भट्टराई, यदुनाथ बञ्जरा, हीराकुमारी अधिकारी, शंकर बस्नेत र नवीन अधिकारी छन् । वडाध्यक्ष जीवनप्रसाद आचार्य पदेन सदस्य र प्रधानाध्यापक कृष्णप्रसाद आचार्य सदस्य सचिव छन् । समितिमा प्रतिनिधित्व गर्ने शिक्षक प्रतिनिधि भने छनोट गर्न बाँकी छ… पुरा पढौ

अंग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन

‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ । धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताए । विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थीले संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले… पुरा पढौ

एमबिबिएसको प्रवेश परीक्षा अन्योलमा

त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत  स्नातक तहका   प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए ।   ती दुबै विश्व विद्यालयका परीक्षा सञ्चालन शाखामा स्वतन्त्र विद्यार्थी युनियनसहितको सहभागितामा गठित सङ्घर्ष समितिले चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृत्ति माग गर्दै यही भदौ… पुरा पढौ

सरस्वती टीकाको वार्षिकोत्सवमा १४ जना सम्मानित

पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी एवम् शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले गुणस्तरीय शिक्षा बर्तमानको आवश्यकता भएको बताउँदै शिक्षाको गुणस्तरीयता अभिबृद्धिका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका कारण विद्यालयका साथै यस क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । सो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं