शिक्षा

चार विश्वविद्यालयका कामु उपकुलपति तोकिए, को-को छन् ?

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो । चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपतिको जिम्मेवारी दिएको हो । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो… पुरा पढौ

भिजन मन्टेसरीको वार्षिकोत्सवमा प्रशिक्षार्थीलाई प्रमाणपत्र

पोखरा २७ लेखनाथमा रहेको भिजन मन्टेसरी टिचर्स टेनिङ सेन्टरबाट ८० विद्यार्थी प्रशिक्षित भएका छन् । १ वर्षमा ८० जना नव प्रवेशी शिक्षक र शिक्षण पेशामा आवद्ध भएकालाई तालिम दिइएको हो । २०७५ साल भाद्र महिनामा स्थापित संस्थाको वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देलले मारिया मन्टेसरीको शिक्षण विधि र बाल केन्द्रित शिकाइको आवश्यकता औैल्र्याए । उनले मानव उमेरको वौद्धिक विकास… पुरा पढौ

त्रिवि उपकुलपति छान्न सकस

विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ ।  सर्च कमिटीले शुक्रबार पुनः एक हप्ता म्याद थपिएको पत्र पाएको हो । त्रिविको उपकुलपति छनोटमा देखिएको सकसबाट अन्य विश्वविद्यालयको पदाधिकारी छनोटमा पनि उस्तै अवस्था आउनसक्ने देखिएको छ । शक्तिकेन्द्रमा धाउनेहरूको चर्काे दबाब र आकाङ्क्षीहरूको सङ्ख्या बढ्दै गएकाले सर्च… पुरा पढौ

‘आर्थिक विकासका लागि असल नेतृत्व आवश्यक’

पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौती विषयक गोष्ठी भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्राण्डी ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार उक्त गोष्ठी भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आआफ्नो विशेषज्ञता अनुसार प्रस्तुत गरेका थिए । २ सत्रमा आयोजना गरिएको गोष्ठीको पहिलो सत्रमा पूर्व उपाध्यक्ष डा. वाग्लेले नेपालको अर्थ व्यवस्था, इतिहास र विश्व अर्थ व्यवस्थामा… पुरा पढौ

बाल सञ्जाल रुपामा पुरुषोत्तम ओझा

रुपा गाउँपालिकाका बालबालिकाको भेलाले शिवालय माध्यमिक विद्यालयका पुरुषोत्तम ओझाको अध्यक्षतामा १३ सदस्यीय रुपा गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरेको छ । शिवालय बाल क्लबको संयोजन र रुपा गाउँपालिकाको आयोजनामा भएको भेलाबाट गठित सञ्जालकी उपाध्यक्षमा रामकोट माविकी ममता सुवेदी, सचिवमा रुपाज्योति माविका प्रितम गुरुङ, कोषाध्यक्षमा विश्वशान्ति माविकी नेहा गुरुङ र सहसचिवमा कालिका माविका अर्जुन घिमिरे चयन भएका छन् । यस्तै, सदस्यहरुमा जनता माविका सफल माल, गाउँफर्क माविका केशव ओझा, चन्द्रप्रभा माविकी स्मृति… पुरा पढौ

शिक्षकलाई आधारभूत कम्प्युटर तालिम

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले बताए । इन्टरनेटका माध्यमबाट आवश्यक शैक्षिक सामग्री जुटाउनेदेखि डिजिटल पाठयोजना निर्माणसम्मको योजनाअनुसार तालिम अघि बढाइएको उनको भनाइ छ । प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि सर्वप्रथम शिक्षक दक्ष हुनुपर्ने बोध गरेर तालिमको आयोजना गरिएको प्रधानाध्यापक प्रभावीले जनाए । तालिमको उद्घाटन गर्दै रुपा… पुरा पढौ

त्रिवेणी पब्लिकमा नवआगन्तुक विद्यार्थी र अभिभावकलाई स्वागत

पोखरा महानगरपालिका वडा नं. २७ अर्घौंचोकस्थित त्रिवेणी पब्लिक माविले नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गरेको हो । विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गरेको हो । कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्यालयलाई आगामी दिनमा प्राविधिक शिक्षातर्फ पनि जोड दिन आग्रह गर्दै विद्यार्थीको सकारात्मक कार्यलाइ वडाले सधैं साथ दिने बताए । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख मोहनबिक्रम खाणले विद्यार्थीलाई खराब संगतमा नपर्न र लागुऔषध दुर्व्यसनबाट जोगिन आग्रह… पुरा पढौ

प्रदेश २ मा बिहीबार बिदा

प्रदेश २ सरकारले बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । बिहीबार हिन्दुधर्मालम्बीको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गरेका छन् । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका… पुरा पढौ

त्रिविको उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन। बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको थियो। त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।  कमिटीमा व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र… पुरा पढौ

आज पोखराका स्कूलमा बिदा !

गुरुङ जातिको ट्होंटे पर्व आज धुमधामका साथ मनाइँदै छ । यो तमु जातिको महान र विशेष पर्व हो । पोखरा महानगरले यस अवसरमा आज महानगरभित्रका विद्यालयलाई बिदा दिएको छ । तमु धिं नेपाल पोखराको आग्रहमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको शैक्षिक प्रशासन महाशाखाले मंगलबार १ दिन बिदा दिने निर्णय गरेको हो । सरकारले महत्वपूर्ण पर्व बाहेक जातिविशेष तथा वर्गविशेष पर्वमा विदा कटौती गरेको थियो । गुरुङ तथा तमु जातिको महान पर्व… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं