भिजन मन्टेसरीको वार्षिकोत्सवमा प्रशिक्षार्थीलाई प्रमाणपत्र

पोखरा २७ लेखनाथमा रहेको भिजन मन्टेसरी टिचर्स टेनिङ सेन्टरबाट ८० विद्यार्थी प्रशिक्षित भएका छन् । १ वर्षमा ८० जना नव प्रवेशी शिक्षक र शिक्षण पेशामा आवद्ध भएकालाई तालिम दिइएको हो ।

२०७५ साल भाद्र महिनामा स्थापित संस्थाको वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देलले मारिया मन्टेसरीको शिक्षण विधि र बाल केन्द्रित शिकाइको आवश्यकता औैल्र्याए । उनले मानव उमेरको वौद्धिक विकास जन्मदेखि ५ वर्षको उमेरमा ९० प्रतिशतसम्म हुने उल्लेख गरे ।

डायमन सेकेन्डरी विद्यालयका डाइरेक्टर माधवशरण उपाध्याय, पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष गीता तिवारी, क्यान कास्की अध्यक्ष्य युवराज पौडेल, मानव मिलन कन्द्रबाट सावित्री शर्मा तथा सह संस्थापक बाबुराम न्यौपानेले कार्यक्रममा बोलेका थिए ।

सेन्टरमा कम्प्युटर शिक्षासमेत दिइने भएकोले कम्प्युटर एसोसिएसन महासंघ, नेपालको सदस्यता प्रमाणपत्र महासंघ, कास्की अध्यक्ष युवराज पौडेलले संस्थालाई प्रदान गरे । कार्यक्रम सञ्चालन प्रविणा विश्वकर्माले गरेकी थिइन् ।