ताजा समाचार

श्रावण ३२ गते २०७६

‘आर्थिक विकासका लागि असल नेतृत्व आवश्यक’

पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौती विषयक गोष्ठी भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्राण्डी ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार उक्त गोष्ठी भएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आआफ्नो विशेषज्ञता अनुसार प्रस्तुत गरेका थिए ।

२ सत्रमा आयोजना गरिएको गोष्ठीको पहिलो सत्रमा पूर्व उपाध्यक्ष डा. वाग्लेले नेपालको अर्थ व्यवस्था, इतिहास र विश्व अर्थ व्यवस्थामा नेपालको स्थानका बारेमा कलेजका विद्यार्थी सामु आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै दोस्रो खण्डमा नेपाली अर्थतन्त्रको लक्ष्य, हालको अवस्था, विकासका संवाहकका खम्बा र जोखिमका बारेमा प्रकाश पारे । उनले नेपालका आर्थिक विकासका लागि असल नेतृत्वसँगै नीति नियम र अन्तराष्ट्रिय सम्बन्ध आवश्यक रहेको बताए ।

अर्कावक्ता रुपमा रहेका डा. पौडेल नेपालमा उद्यमशीलताको विकास गर्ने तरिका, गरिबी निवारण, सिर्जनशीलता विकास गर्न राज्यको भूमिका बारे जानकारी गराए ।

सो कार्यक्रमको दोस्रो सत्रमा स्रोत व्यक्तिसँग बहस तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यसमा कलेजका संस्थापक अध्यक्ष देबराज चालिसे तथा गण्डकी विकास बैंकका सहायक सीईयो तारानाथ लम्सालले छलफल गरे ।

अन्तरक्रियामा कलेजका विद्यार्थीले ब्यापार विश्वव्यापीकरण, नेपाली अर्थतन्त्रमा विश्व अर्थतन्त्रको प्रभाब, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको सम्भावना र चुनौती आदी विषयमा प्रश् सोधेका थिए ।

विद्यार्थीको तर्फबाट बिज सेन्टरका संयोजक ईश्वर पहारीले स्वागत, सौगातराज बराल, सुशील पोख्रेल, स्नेहा गुरुङ लगायतले अनुभव तथा स्रोत व्यक्तिको परिचय राखेका थिए ।

कलेजका प्रिन्सिपल ई. किरण केसीले स्वागत मन्तव्य सहित कलेजको संक्षिप्त परिचय र कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको समापन कलेजका अध्यक्ष चालिसेले गरेका थिए ।

उनले सबै विद्यार्थीलाई युवा अर्थशास्त्रीको जीवन बारे केही सिक्न सुझाव दिए । कार्यक्रमको संचालन कलेजका एकेडेमिक डीन डा.कृष्णराज भण्डारीले गरेका थिए ।


Loading...