शिक्षा

पोखरामा नेपालकै उत्कृष्ट शिक्षा दिइरहेका छौं : आचार्य

नोभेल एकेडेमीले सञ्चालन गरेका शैक्षिक कार्यक्रम के–के छन् ? नोभेल एकेडेमीलाई गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पाउँदा हामी निकै हर्षित छौं । पछिल्लो समय विद्यार्थीको बढी रुचि भएका र बजारमा माग भएका विषयहरूको अध्यापनमा हामीले जोड दिएका छौं । सोही अनुसार विद्यार्थीको आकर्षण पनि निकै उत्साहजनक छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा प्रत्येक वर्ष स्नातकतर्फ बिएस्सी नर्सिङ, बिफार्मेसी, बिबिएको पढाइ भइरहेको छ । स्नातकोत्तरतर्फ एमबिएको पढाइ हुन्छ । पोखरामात्र नभएर… पुरा पढौ

कञ्चनजंघामा अंग्रेजी हिज्जे

पोखरा ११ फुलबारीमा अवस्थित कञ्चनजंघा माध्यमिक विद्यालयमा बुधबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ। विद्यालयका भाइस प्रिन्सिपल डिल्लीजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हरियो सदनका नुमा गुरुङ, सृजन सिलाकार,रोशनी गुरुङ र कृष्ण गुरुङको समूह प्रथम र नीलो सदनका मिलन बसेल,सोनिया गुरुङ,अस्विन गुरुङ र समीर तामाङको समूह द्वितीय भएका थिए। कार्यक्रममा अंग्रेजी विषय प्रमुख अमृत जिसी हिज्जे मास्टर, शिक्षकहरु खेमकुमारी थापा, प्रतिमा राना र सबिना राना निर्णायक… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक, कुन ग्रेडमा कति उत्तीर्ण ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा सार्वजनिक गरेको हो। १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस वर्ष परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८… पुरा पढौ

आज आउँदै कक्षा १२ को परीक्षाफल, यसरी हेरौं नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ । परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो । विगतमा विज्ञान र… पुरा पढौ

शिक्षण संस्थामा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको कालो ब्यानर

प्रदेश ५ का करिब आधा दर्जन शिक्षण संस्थाहरुमा विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले एकसाथ कालो ब्यानर राखेका छन् । ब्यानर राखेका स्कुल तथा कलेज सञ्चालकको फोटोयुक्त कालो ब्यानरमा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको छ । रुपन्देही, नवलपुर, अर्घाखाँचीका कलेज तथा विद्यालयहरुमा एकसाथ कालो ब्यानर टाँगिएको हो । रुपन्देहीको देवदहस्थित सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल, तिलोत्तमाको नमस्ते एकेडेमी, बुटवलको सञ्जीवनी नर्सिङ कलेज, सैनामैनाको न्यू एकेडेमी, सिद्धार्थ मेडिकल कलेज, गैंडाकोटको मुकुन्दसेन इंग्लिस बोर्डिङ… पुरा पढौ

११ कक्षामै कानून !

संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा १ न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद जस्ता मुद्दाको टुंगो लगाउने अधिकार दिएको छ । न्यायिक समितिका रुपमा क्रियाशील रहने गाउँपालिका तथा नगरपालिकाका उपप्रमुखमा कानूनको विषयमा… पुरा पढौ

त्रिविका प्राध्यापकले अन्यत्र पढाउन नपाउने

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो। अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ। त्रिविका… पुरा पढौ

विद्या मन्दिरमा आर्थिक चलखेल, संयोजक राखेर नियमविपरीत भक्ता

विद्या मन्दिर माविमा २०६१ सालदेखि नै उच्च मावि तर्फको संयोजक राखेर भत्ता र अतिरिक्त तलब खाने गलत चलन शुरु भएको थियो । तत्कालिन प्रअ ऋद्धिराज अधिकारीको पालादेखि उमाविको संयोजक तोकिएको थियो । सोही समयदेखि विद्यामन्दिरमा १० जोड २ को कक्षाहरु संचालनमा आउन थालेका हुन् । संयोजकलाई तत्कालिन समयमा मावि द्वितीय श्रेणीसरह तलब दिने गरिएको थियो । यो तलब सरकारी कर्मचारीतर्फ उपसचिव सरह थियो । यो तलब ४ पिरियड बराबरको पारिश्रमिकको… पुरा पढौ

पोखरा महानगरको शैक्षिक छात्रवृत्ति : परीक्षाको नतिजा अझै गुपचुप

पोखरा महानगरको शिक्षा महाशाखाले नतिजा प्रकाशन गरेको २४ घण्टा वित्दा समेत गुपचुप राखेको छ । विभिन्न स्कूलबाट एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप महानगरले साउन २ बिहीबार गते परीक्षा लिएको थियो । परीक्षामा म्यानेजमेन्टमा २ सय ३२ जना र विज्ञान संकायमा ४ सय ४१ जना गरी ६ सय ७३ जना विद्यार्थी सामेल भएका थिए । जसमध्ये पहिलो चरणमा १ सय १४ जना विद्यार्थी… पुरा पढौ

विद्यार्थी कुट्ने हेमजा बोर्डिङका शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार घर घर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं