राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा सार्वजनिक गरेको हो।
१२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
यस वर्ष परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८ हजार ६७ जना विद्यार्थी सहभागी भएका थिए।
सोमबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ ९ जना र आंशिकतर्फ १२ जना गरी कुल ५४ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
त्यस्तै परीक्षामा आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये ४,६८,०६७ मध्ये नियमिततर्फ २,९१,१५३, ग्रेडबृद्धि तर्फ ७८, ७४४ र आंशिकतर्फ ५७,१७० रहेका थिए । तिमध्ये ए प्लस ३,०६७ र ए ग्रेडमा १६,२०७ उत्तीर्ण भएका छन् ।
नियमिततर्फका कुल २ लाख ९२ हजार १ सय ५३ जनाको जीपीए यस्तो छ–
| जीपीए | कुल |
| ३.६१–४.०० | ३,०६७ |
| ३.२१–३.६० | १६,२०४ |
| २.८१–३.२० | ३१,०६२ |
| २.४१–२.८० | ५६,५०३ |
| २.०१–२.४० | ८६,२२७ |
| १.६१–२.०० | ६२,६१९ |
| १.२१–१.६० | १९,५८५ |
| ०.८१–१.२० | ३,५२४ |
| ०–०.८० | १३,३६२ |
परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० मा एसएमएस गरी थाहा पाउन सकिने बताइएको छ। एनईबी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्दा नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।




