ताजा समाचार

श्रावण १७ गते २०७६

हिमाल कलेजमा विद्यार्थीलाई सम्मान

पोखरा-८, बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार कलेजमा भएको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल पोखराकी सुरती पाण्डे, त्यसै गरि पोखरामा उत्कृष्ट नम्बर ल्याउन सफल बिनोद छन्याल र दिपेश भण्डारीलाई सम्मान गरेको हो ।

कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख हरी कार्की, कलेजका इन्चार्ज मणीप्रसाद डुम्रे, रीता गुरुङ लगायतले सम्मान गरेका थिए । कार्यक्रमा क्याम्पस प्रमुख हरि कार्कीले विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफूले रेकर्ड बनाउने भन्नेमा प्रस्ट भए अगाडि बढ्ेमा लक्ष्य हासिल गर्न सकिने बताए ।

त्यसैगरि उत्कृष्ट नम्बर ल्याउन सफल सुरती पाण्डेले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्ने बताइन् ।

पोखराको प्रतिभा स्कुलमा अध्ययन गरेकी सुरतीले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।

प्रतिभा कै विद्यार्थी बिनोद छन्याल र दिपेश भण्डारीले ३.८५ जिपिए ल्याएका थिए । ३.डछ जिपिए पोखराका अन्य विद्यालयका विद्यार्थीहरुले पनि ल्याउन सफल भएका छन् ।

हिमाल कलेजले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय र त्रिवि अन्र्तगतका नीजि क्याम्पसहरुमा विविएस अध्ययन गराउदै आएको छ ।