विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताए । उनकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउँछिन्, ‘कक्षा कोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौन शिक्षाको विषयवस्तु अपुग छ,…
पुरा पढौ