वि.सं. २०५८ देखि परीक्षा छुटेकाहरुलाई अन्तिम मौका, स्नातकोत्तर, स्नातक र प्रविणता तहमा मौका परीक्षा खुल्यो ! (सूचनासहित)

वि.सं. २०५८ सालदेखि पढाइ छाडेकाहरुलाई खुशीको खबर छ । विविध कारणले पढाइ छोड्नु परेर चिन्तामा रहेकाहरुका लागि अब चिन्ता लिन नपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रविणता तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको छ ।

फर्म भर्ने समय शुक्रबार अन्तिम दिन रहेको छ ।

थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइने त्रिविले जनाएको छ ।
हेर्नुहोस् सूचना :