शिक्षा

कसरी हेर्ने एसइईको नतिजा ? जान्नुहोस् सजिलो उपाय

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज दिउसो बोलाएको बोर्ड बैठकको निर्णय पछि यस वर्षको एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । देश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा प्रकाशनमा ढिला भएको हो । कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको छ । अघिल्ला वर्षहरुमा… पुरा पढौ

एसइईपछि ‘ए लेभल’ : कहाँ र कसरी पढ्ने ?

प्रायः विद्यार्थीहरूको सोचाई एसइई पछि आफूले के पढ्ने र त्यो पढिसकिएपछि को अवसर र उच्च माध्यामिक तहका लागि पहिलाको पढाइले कतिको सहयोग पुर्याउँदछ भन्नेमा केन्द्रित हुने गर्दछ । एसइईको नतिजा आउनेक्रममा छ, त्यसपछि विद्यार्थीहरूले अब के पढ्ने ? कसो गर्ने ? के पढ्दा आफूलाई फाइदा हुन्छ भन्ने सोच्नतर्फ अहिल्यैबाट नै अग्रसर भइरहेका छन् । साधारणतया नेपालमा एसइई पछि १० जोड २ र ए लेभलका कक्षाहरू सञ्चालनमा छन् । यी २… पुरा पढौ

एसइईको नतिजा बुधबार प्रकाशित हुदैन,कहिले प्रकाशन हुन्छ ?

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल बुधबार प्रकाशित नहुने स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा बुधबार परीक्षाफल प्रकाशित हुने भनि आएका समाचारमा सत्यता नभएको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी गराए। नतिजा प्रकाशनका लागि बोर्डको अन्तिम तयारी पुगिनसकेको उनको भनाइ छ। यसैसाता भित्र नतिजा प्रकाशित गरिने उनले जानकारी गराए। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी… पुरा पढौ

ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीले ज्यान गुमाए

ट्याक्टर दुर्घटना हुँदा अछामको चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा तीन जनाको विद्यार्थीको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चौरपाटी गाउँपालिका–२ का दशपल्ले माविका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिएका हुन् । ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्… पुरा पढौ

गर्मीले नगरक्षेत्रका जनजीवन प्रभावित,विद्यालय तीन दिनका लागी बन्द

अत्याधिक गर्मी पढेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थान जनजीवन प्रभावित भएपछि नगरक्षेत्रका विद्यालय तिन दिनका लागी बन्द गरिएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण… पुरा पढौ

एसइईको नतिजा आज आउँदै, कुन ग्रेडमा उत्तीर्ण होलिन् करिष्मा मानन्धर ?

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको… पुरा पढौ

अव परीक्षा नियन्त्रण कार्यालयको काम अनलाइनमार्फत

त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धांकपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको हो । पनिकाका सहनियन्त्रक पशुपति अधिकारीका अनुसार www.tuexam.edu.np  वेबसाइटमार्फत सबै काम गर्न थालेको छ । यस वर्षदेखि पनिकाको वेबसाइटबाट नै सिम्बोल नम्बर र परीक्षा केन्द्र हेर्न सकिनेछ । परीक्षार्थीले आफ्नो त्रिवि रजिष्ट्रेशन नम्बर वेबसाइट रहेको सफ्टवेयरमा… पुरा पढौ

पोखरा महानगरको आफ्नै प्राविधिक शिक्षालय

पोखरा महानगरले प्राविधिक शिक्षालाई जोड दिन पोखरा प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन महानगरले २ करोड विनियोजन गरेको छु । महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना गरी विविध विषयवस्तुको अध्ययन अनुसन्धान गरिने भएको छ । एक प्रादेशिक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री विद्यालय सञ्चालन गर्न २ करोड रकम विनियोजन भएको छ । धुलोमुक्त कक्षाकोठा अभियानलाई निरन्तरता दिँदै बाल बिकास सहयोगी कार्यकर्ताको पारिश्रमिक र विद्यालय कर्मचारी… पुरा पढौ

शिक्षा शाखा अधिकृत नै घुससहित रंगेहात पक्राउ

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख ९शाखा अधिकृत० घुससहित पक्राउ परेका छन् । शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनबहादुर वलीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा उनलाई कार्यालय परिसरबाटै घुस लिदाँ लिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ । पुरा पढौ

जिल्ला शिक्षा अधिकारी घुससहित पक्राउ

शिक्षा विकास तथा समन्वय  सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर वली घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुससहित उनलाई पक्राउ गरेको हो। वलीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।   पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं