पोखरा महानगरको आफ्नै प्राविधिक शिक्षालय

पोखरा महानगरले प्राविधिक शिक्षालाई जोड दिन पोखरा प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन महानगरले २ करोड विनियोजन गरेको छु ।
महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना गरी विविध विषयवस्तुको अध्ययन अनुसन्धान गरिने भएको छ । एक प्रादेशिक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री विद्यालय सञ्चालन गर्न २ करोड रकम विनियोजन भएको छ ।

धुलोमुक्त कक्षाकोठा अभियानलाई निरन्तरता दिँदै बाल बिकास सहयोगी कार्यकर्ताको पारिश्रमिक र विद्यालय कर्मचारी पोशाक अनुदान कार्यक्रमलाई निरन्तरता दिने पोखरा महानगरलको योजना छ ।