ताजा समाचार

असार ११ गते २०७६

ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीले ज्यान गुमाए

ट्याक्टर दुर्घटना हुँदा अछामको चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा तीन जनाको विद्यार्थीको ज्यान गएको छ भने चार जना घाईते भएका छन् ।

से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चौरपाटी गाउँपालिका–२ का दशपल्ले माविका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिएका हुन् ।


ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । घाइतेलाई अस्पताल पठाइएको छ ।