शिक्षा

कांग्रेस नेतृ पाण्डेद्धारा पाठ्यपुस्तक वितरण

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले विद्यार्थीका लागि पाठ्यपुस्तक वितरण गरेकी छन् । उनले आफ्नो २३ औ वैवाहिक बर्षगाँठको अवसर पारेर कास्कीको माछापुच्छे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेकी हुन । पाण्डेले कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि करिव ७० हजार बराबरको पुस्तक वितरण गरेकी हुन् । उक्त अवसरमा कोषाध्यक्ष नेतृ पाण्डेले राज्यले शिक्षालाई निःशुल्क भनेता पनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन्… पुरा पढौ

निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्न माग गर्दै रिट

नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले निःशुल्क शिक्षाको मौलिक हक कार्या्न्वयन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । संविधानले आधारभूत तहसम्मकोे शिक्षा निशुल्क र अनिवार्य भनी मौलिक हकमै व्यवस्था गरेका वला सरकारी निकायले नै निजी विद्यालयको शुल्क तोक्नु गैरकानुनी भएको ठहर गर्दै उनले रिट दयर गरेका हुन् ।  संविधानले आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै रिट दायर भएको हो… पुरा पढौ

बाबु, छोरा र छोरी एउटै विद्यालयमा भर्ना !

ओखलढुंगामा एकै परिवारका ३ जना एउटै व्द्यिालयमा भर्ना भएका छन् । सुनकोशी गाउँपालिका–६ पारा स्थित दामती माध्यमिक विद्यालयमा एकै परिवारका बाबु, छोरा र छोरी एउटै विद्यालय भर्ना भएका हुन् ।  ०७६ सालको नयाँ भर्ना अन्र्तगत पाराका ३० वर्षीय हरी बहादुर लुम्रे मगर, उनका छोरा ५ वर्षीय हिमाल लुम्रे मगर र छोरी १० वर्षीया ऋतु लुम्रे मगर एकैपटक विद्यालय भर्ना भएको विद्यालयका प्रध्यानध्यापक ज्ञान बहादुर थापाले बताए । बाबु हरी बहादुर… पुरा पढौ

शुक्रराज माविमा स्कुल बस

पोखरा २२ पुम्दीभुम्दीमा रहेको शुक्रराज माविले स्कुल बस सेवा सुरु गरेको छ । बिहीबारबाट भूपू विद्यार्थी मञ्चले २४ लाख ५० हजार लगानीमा दिएको बसबाट बिहीबारदेखि सेवा सुरु भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी बराल जीवनले यातायातको सुविधा भएपछि अब विद्यार्थी एक कम्प्युटर व्यवस्था गरी सक्षम र युग अनुसारको जनशक्ति तयार गर्न सकिने बताए । उनले देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्दै समयको आवश्यकता अनुसार सरकारी स्कुलहरु चल्नुपर्नेमा जोड… पुरा पढौ

डि प्लस श्रेणीका विद्यार्थीलाई परीक्षामा सामेल गराउन आदेश

सर्वाेच्च अदालतले डि प्लस ल्याएका विद्यार्थी वैशाख १६ गतेबाट हुने स्नातक तहको परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ । सर्वाेच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । यसअघि पियुले डि प्लस श्रेणी ल्याएका विद्यार्थीलाई परीक्षामा सहभागी नगराउने निर्णय गरेको थिए । पियुका सम्बन्धन प्राप्त ३८ कलेजले ३ सय ४४ डि प्लस श्रेणी ल्याएका विद्यार्थीलाई भर्ना गरेका थिए । रिट निवेदनको अन्तिम टुंगो लाग्दा सोही बमोजिम हुने… पुरा पढौ

कृषि क्याम्पस २२ दिनपछि सञ्चालन

रामपुर कृषि क्याम्पस तथा यसका आंगिक क्याम्पस पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनमा आएको छ । क्याम्पसका प्रध्यापकमाथि कालोमोसो दलिएको विषयले क्याम्पसमा गरिएको तालावन्दी २२ दिनपछि बिहीबार खुलेको छ । कालोमोसो दलिएको विरोधमा प्रजातन्त्रवादी प्रध्यापक संघले क्याम्पसमा तालावन्दी गरेको थियो । केन्द्रीय क्याम्पसको यो समस्या पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा परेको थियो । क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले प्राध्यापक संघ र नेविसंघको माग संवोधन गर्ने प्रतिवद्धता जनाउँदै क्यापसमा सहज… पुरा पढौ

जनक शिक्षा पोखराबाट ८ करोडका पुस्तक बिक्री

पोखरा स्थित जनक शिक्षा सामग्री केन्द्रबाट चालु आथिएक बर्षमा ८ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण भएको छ । गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच ७ करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको हो । आधिकारिक रुपमा कक्षा-५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी… पुरा पढौ

शान्ति उदयमा स्कुल बस

पोखरा ३३ भरतपोखरीको वर पाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ । विद्यालय आउने विद्यार्थीलाई सहज बनाउन यस वर्षदेखि स्कुल बस सञ्चालनमा ल्याइएको प्रधानाध्यापक टेकनारायण गिरीले बताए । विद्यालयले विद्यार्थीलाई निशुल्क बस सेवा, इन्टरनेटसहित कम्प्युटर र विज्ञान प्रयोगशालाको व्यवस्था गरिदिएको छ ।प्रअ गिरीका अनुसार कक्षा ३ सम्मका विद्यार्थीका लागि निशुल्क खाजाको व्यवस्थाका साथै सुविधा सम्पन्न इ लाइब्रेरीको व्यवस्था गरिएको छ । विद्यालयले कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था,… पुरा पढौ

महतगौंडाको जानकी अब मावि

पोखरा १७ महतगौंडास्थित जानकी आधारभूत स्कुल माध्यमिक बनेको छ । २०३५ सालमा स्थापित विद्यालयले ४ दशकपछि यो शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन सुरु गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारीले मावि तहको कक्षा शुभारम्भ गरे । उनले मावि सञ्चालन गर्न सक्दो सहायता गर्ने विश्वास दिलाए । विद्यार्थी संख्याको अभावमा कतिपय सामुदायिक विद्यालय गाभिने क्रम बढे पनि विद्यार्थी तथा अभिभावकको माग बमोजिम आधारभूतबाट मावि तह सञ्चालन हुनु सकारात्मक… पुरा पढौ

किन विद्यार्थीको रोजाईमा पर्दैछ विन्ध्यवासिनी मा.वि. ?

निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप ह्वात्तै बढेको छ । कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याती कमाएको वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.विमा पनि भर्ना अभियानसँगसँगै विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई भएको हो । निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुना बढि प्रवेश परीक्षामा सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौ धौ परिरहेको विद्यालयले जनाएको छ । उत्कृष्ट भनिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं