शिक्षा

सङ्घीय संरचनाअनुसार नयाँ पाठ्यक्रम परीक्षणमा

मुलुकको सङ्घीय संरचना अनुकूल निर्मित नयाँ पाठ्यक्रम विद्यालय तहमा परीक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा सातै प्रदेशमा दुई जिल्लाका दरले १८ जिल्लाका १०३ विद्यालयमा नमूना परीक्षण शुरु गरेको हो । प्रदेश नं ३ अन्तर्गत काठमाडौँ उपत्यकाका थप तीन जिल्लालाई परीक्षणमा समावेश गरिएको छ । केन्द्रले प्रारुपअनुसार कक्षा १ को गणित, नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरोलगायत विषयम एकीकृत पाठ्यक्रमको कार्यपुस्तक र… पुरा पढौ

राहत शिक्षकलाई निश्चित मापदण्ड बनाएर स्थाई गरिदै छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको समस्या समाधान गर्न सरकार लागिरहेको बताएका छन् । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले उनीहरुलाई मापदण्ड बनाएर स्थायी गराइने प्रतिक्रिया दिएका हुन् । देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेकोले निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको मन्त्री पोखरेलको भनाई छ । शिक्षकहरुलाई विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको… पुरा पढौ

एसइई परीक्षाको नतिजा असार ५ मा आउने !

 एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । परीक्षा बोर्डले हालै सूचना प्रकाशित गरी कपि जाँचको काम सकिएको र डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ । जेठ ३० गतेसम्ममा डाटा इन्ट्री सकेर ५ गते असारमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । पुरा पढौ

सिकाइको वातावरण नै बालमैत्री वातावरणको मूल सूचक हो

सिकाइको वातावरण नै बालमैत्री वातावरणको मूल सूचक भएको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।  काठमाडौं महानगरपालिका–४ को आयोजना र काठमाडौं जिल्ला बालक्लब सञ्जालको सहकार्यमा धुम्बराहीस्थित धुम्रबराह माध्यमिक विधालयमा 'बालमैत्री विधालय घोषणा तथा प्रतिबद्धता समारोह' मा बोल्पोदै मन्त्री पाेखरेलले कुरा बताका हुन्। बालबालिकाको उमेरसँगै सिपमूलक शिक्षा समेत आजको आवश्यकता रहेको उनले बताए। सरकारले ल्याएको नयाँ बजेटले ४२ जिल्लामा दिवा खाजाको व्यवस्था गर्ने, नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने लगायत शिक्षामा आमूल परिवर्तनका लागि रणनितीक कार्ययोजना बनाइ अघि बढिएको समेत् उहाले बताए… पुरा पढौ

यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

ललितपुरमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला यौन दुर्व्यवहार गरेको परिवारको आरोपमा फुर्के डाँडा प्रा.वि.का प्रधानाध्यापक रामनारायण यादवलाई पक्राउ गरिएको हो । घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए । पुरा पढौ

नयाँ सन्दर्भमा ‘बोर्डिंग’ को ब्यबस्थापन

केहि समय यता देशको बोर्डिंग शिक्षा प्रणालीको अग्रणी 'राष्ट्रिय' भनिने गरेको बिद्यालय, यसले प्रदान गर्ने शिक्षाको गुणस्तर र पहुँचको बिषयमा केहि छलफलहरु भैरहेका छन्। यो पंक्तिकारले पनि एउटा सिकारु लेख मार्फत देशको द्वन्दोत्तर परिवेश, संघिय प्रणाली, स्थानीय निकायमा पुगेको बिद्यालय शिक्षा ब्यबस्थापनको जिम्मेवारीको सन्दर्भमा बुढानिलकन्ठ बोर्डिंग विद्यालयले आफ्नो परिस्कृत भूमिका पहिल्याउनु आवश्यक हुने धारणा प्रस्तुत गरेको थियो। केटाकेटीको लागि आवासीय शिक्षा असान्दर्भिक र अनुपयुक्त मात्र हैन, बाल अधिकारको बिरुद्द हो… पुरा पढौ

होली माउन्टमा वातावरणबारे सचेतना र डस्टबिन वितरण

बिश्व वातावरण दिवस को पुर्बसन्ध्या मा पोखरा २९ रहेको होलि माउन्ट आवासीय मा।वि। ले वातावरण संरक्षणबारे जनचेतना तथा डस्टबिन बितरन गरेको छ । आदर्श क्लब र जेनेरेसन अम्याजिङ्गको बिध्यालय क्षेत्रका १४ स्थानमा डस्टबिन राखिएको हो । प्रिन्सिपल तोलाकन्त नेउपाने र अध्यक्ष सन्तोष गुरुङलाई आदर्श क्लबका सचिव पदम गुरुङ र जेनेरेसन अम्याजिङ्गका कोअर्डिनेटर सुदिप नेउपाने संयुक्त रुपमा डस्टबिन हस्तान्तरण गरे । कार्यक्रममा विद्यार्थीलाई सरसफाइ र वातावरणबारे सचेतनासमेत दिइएको छ । कार्यक्रम… पुरा पढौ

शुक्रराज मावि अध्यक्षमा नरहरि बराल

शुक्रराज मावि विद्यालय व्यवस्थापन समितिमा नरहरि बराल अध्यक्षमा चयन भएका छन् । पोखरा २२ पुम्दी भुम्दीस्थित विद्यालय व्यवस्थापन समितिमा ३ वर्षका लागि पूर्व प्रमुख जिल्ला अधिकारीसमेत रहेका बराल सर्वसम्मत भएका हुन् । सदस्यमा नवराज बराल, खडानन्द बराल, कल्पना बराल, होमबहादुर गुरुङ र पदेन सदस्यमा पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नरनाथ बराल छन् । नवनिर्वाचित अध्यक्ष बरालले विद्यालयमा गुणस्तरीय शिक्षा अनिवार्य भएको बताए… पुरा पढौ

१ शिक्षक, ० विद्यार्थी

विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरू हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपार्इंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् । पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन् । यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ । विद्यार्थी नै… पुरा पढौ

ग्रामिण स्थानको विद्यालयमा कम्प्युटर शिक्षा

बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । विद्यालयका कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्ने मौका पाएका हुन् । कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको प्रधानाध्यापक रामबहादुर केसीले बताए । कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुने गरेको छ । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । कम्प्युटर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं