शिक्षा

२२ गते कास्कीमा शैक्षिक हडताल

अखिल क्रान्तिकारी कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोष(ाा गरेको हो । गत १२ गते अखिल ९क्रान्तिकारी० कास्कीका जिल्ला सचिव विश्वास थापा ९पवन०लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको क्रान्तिकारीको दाबी छ । क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । पुरा पढौ

शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थी हात भाँचिएपछि

एक विद्यालयकी शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ। उपचारमा संलग्न डा.घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत… पुरा पढौ

शिक्षा क्षेत्रलाई विनियोजित बजेटले पुग्ला ?

शिक्षा क्षेत्रमा कतिपय प्रगतिशील कार्यक्रम समावेश भएपनि लगानीको अपर्याप्तताले निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनमा चुनौती देखिएको छ । शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नेपाल सरकारले पूरा नगरेको भनी शिक्षाका जानकार, शिक्षक समुदाय र नागरिक क्षेत्रबाट टिप्पणी छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कूल बजेटको कम्तीमा २० प्रतिशत वा गार्हथ्य उत्पादनको ६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा उपलब्ध गराउनुपर्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते… पुरा पढौ

नयाँ परिवेशमा बूढानीलकण्ठको शिक्षा

बुढानिलकन्ठ स्कुलको पक्षमा र शिक्षामन्त्रीको कथित सो स्कुल प्रतिकुल अभिव्यक्तिलाई लिएर एकजना बुज्रुक पूर्व 'मध्यमबर्गीय' अभिवावकको लेख पढ्न पाइयो १३ जेठको नागरिक दैनिकमा। उक्त लेखमा लेखकले बुढानिलकन्ठ स्कुलले बिगतदेखि नै देशका विभिन्न जाति वर्ग र समुदायको स्थान सुरक्षित गर्दै निस्पक्ष प्रवेश परिक्षा मार्फत देशकै इज्जत बढाउने नागरिक उत्पादन गरेको तर्क राख्नु हुन्छ। त्यसबाहेक लेखक त्यहाँ विद्यार्थीलाई सम्बोधन गर्दा प्रयोग हुने निरपेक्ष सम्बोधन अनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको बिचमा पछिसम्म रहने… पुरा पढौ

कक्षा ११ र १२ मा कानुन संकाय पढाउँदै भानुभक्त

भानुभक्त आवासीय माध्यामिक विद्यालय पोखरा १ सिम्पानीले कक्षा ११ र १२ मा कानुन संकाय शुरु गर्ने भएको छ । शैक्षिक सत्र २०७६÷७७ देखि कानुन संकाय सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । यसको पूर्वसन्ध्यामा शुक्रबार विद्यालयले ‘कानुनी शिक्षाको आवश्यकता’ विषयक कार्यक्रम गर्दै छ । पोखरा सभागृहमा हुने कार्यक्रमाम पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज सग्रौला प्रमुख वक्ता छन् । पुरा पढौ

अत्याधिक गर्मी बढेपछि चार दिनका लागी विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने भएकाले विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन् । एक विज्ञप्ती जारी गरि विद्यालय बन्द गर्नुपरेको प्याब्सन अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सन अध्यक्ष भीमबहादुर बुढाले बताए । पुरा पढौ

बालशिक्षिकालाई मन्टेसरी तालिम

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा मन्टेसरी तालिम सुरु भएको छ ।गाउपालिकाले ५ वटै वडालाई समेट्नेगरी बिभिन्न बालविकास केन्द्रमा पढाउने शिक्षिकालाई मन्टेसरी संम्वन्धि पहिलोपल्ट तालिम आयोजना गरेको हो । बालविकास केन्द्रमा पढ्ने स–साना बालवालिकाको शिकाई उपलब्धि सहज बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले स्थानीय स्तरमा मन्टेसरी तालिमको आयोजना गरेको हो । यसका लागि ओम बिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान तथा फुलबारी मन्टेसरी कटेज एण्ड प्रि–एन बेसिकले प्राविधिक सहयोग गरेका छन् । बालवालिकालाई समय… पुरा पढौ

विन्ध्यवासिनी क्याम्पस प्रमुखमा झना खड्का केसी

विन्ध्यवासिनी क्याम्पस वाटुलेचौर पोखराको क्याम्पस प्रमुखमा झना खड्का केसी नियुक्त भएकी छन् । खड्कालाई शनिबार पदस्थापन गराइएको छ । क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष सोमनाथ अधिकारी प्यासी र अध्यक्ष दानबहादुर वानियाँले संयुक्त रुपमा उनलाई पदस्थापन गराएका हुन् । क्याम्पस प्रमुख नरहरि भट्टराईले राजीनामा दिएपछि खड्का क्याम्पस प्रमुख बनेकी हुन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका प्रमुख रामप्रसाद पौडेलको संयोजकत्वमा गठित पदपूर्ति समितिले खड्कालाई सिफारिस गरेको थियो । नेकपा नेता सोमनाथ अधिकारी… पुरा पढौ

विद्यार्थीको कुटाईबाट प्रधानाध्यापकको आँखा फुट्यो

काठमाडौँमा विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ । गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक तामाङको २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको हो । छिरिङ विद्यालयबाट १०/१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले लागुऔषध दुर्व्यसनीको शंका गर्दै विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । सोही आक्रमणबाट छुटाउन जाने क्रममा प्रधानध्यापक तामाङ छुटाउन गएका… पुरा पढौ

त्रिदिवसीय जेसीस वीकइण्ड हुँदै

पोखरा जेसीसले यसवर्षको जेसीस वीकइण्डको तयारीलाई तीव्र बनाएको छ । जेसीस वीकइण्ड तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम यही जेठ १० गतेदेखि १२ गतेसम्म त्रिदिवसीय रुपमा गरिने बुधबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिइयो । बर्ष २०१९ को ‘सकारात्मक प्रभावका लागि एकता भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व विषयक परामर्श कार्यक्रम आयोजना गरेर ‘जेसीस वीकइण्ड’ मनाइने कार्यक्रम मूलसंयोजक मोहनप्रसाद अधिकारीले जानकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं