ताजा समाचार

जेठ १५ गते २०७६

कक्षा ११ र १२ मा कानुन संकाय पढाउँदै भानुभक्त

भानुभक्त आवासीय माध्यामिक विद्यालय पोखरा १ सिम्पानीले कक्षा ११ र १२ मा कानुन संकाय शुरु गर्ने भएको छ । शैक्षिक सत्र २०७६÷७७ देखि कानुन संकाय सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

यसको पूर्वसन्ध्यामा शुक्रबार विद्यालयले ‘कानुनी शिक्षाको आवश्यकता’ विषयक कार्यक्रम गर्दै छ । पोखरा सभागृहमा हुने कार्यक्रमाम पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज सग्रौला प्रमुख वक्ता छन् ।