शिक्षा

कास्कीका स्कुलमा इसेवाबाट शुल्क तिर्ने व्यवस्था

बच्चाको स्कुल फिको बिल आइपुग्यो, तिर्न जाने समय छैन भने तपाईलाई खुसीको खबर छ । कास्कीका निजी विद्यालयहरुले अनलाइन पेमेन्ट सुरु गरेका छन् । नेपालकै पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाले यो सेवा सुरु गरेको हो । फोन पे एपबाट इबैंकिङ चलाउनेहरुले जुनसुकै बैंकमा खाता भए पनि यसको प्रयोग गर्न मिल्छ । युरो किड्स प्रि स्कुल, अल्फा बोर्डिङ,ह्याप्पी बोर्डिङ, मार्गदर्शन एकेडेमी, न्यु ग्यालेक्सी, नोभेल सेकेन्डरी, प्रगति इजुकेसन फाउन्डेसन लगायतका स्कुलमा यो… पुरा पढौ

क्याम्पसमा तोडफोड, स्ववियु सभापतिसहित ९ पक्राउ

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकै नेतृत्वमा तोडफोड भएको छ । कर्मचारी भर्नाका लागि शुक्रबार क्याम्पसले लिखित परीक्षा लिइरहेका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । तोडफोडबाट क्याम्पसका… पुरा पढौ

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा… पुरा पढौ

नेपालमै पहिलो पटक ‘प्लस–टु’ मै कानून विषय, कलेजले माग्यो १२० कर्मचारी (विज्ञापनसहित)

कुनै बेला नेपालमा प्रवीणता प्रमाणपत्र तहमा नै कानूनको पढाइ हुन्थ्यो । त्यसलाई आइएल भनिन्थ्यो। तर, अहिले सरकारले स्नातकभन्दा तल्लो तहमा कानून विषय हटाएको छ । अहिले नेपाली विद्यार्थीहरुले कानून पढ्न कम्तिमा ‘प्लस–टु’ उत्तीर्ण गरेको हुनुपर्छ । ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्दछ । त्यसैगरि स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे कोर्समा एलएलबी गर्नसक्ने व्यवस्था छ तर, नेपालमा पहिलोपटक काठमाडौंको एक कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन… पुरा पढौ

रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा… पुरा पढौ

वडा कार्यालयको सह्रानीय काम

विपन्न परिवारका दलित युवाका लागि पोखरा महानगरपालिका वडा नं २० ले वडास्तरीय दलित युवा क्षमता विकास तथा ड्राईभिङ तालिम शुरु गरेको छ । आत्मनिर्भर तथा स्वरोजगार सिर्जना गराउने उद्देश्यसहित वडा नं २० को दलित सञ्जाल समितिले १ महिने ट्याक्सी ड्राईभिङ तालिम बिहीबारबाट सुरु गरेको हो । आस्था ड्राईभिङ ईन्स्च्यिुटमा सञ्चालन हुने तालिमको उद्घाटन प्रशिक्षार्थीलाई ट्याक्सीको चाबी हस्तान्तरण गरी वडा नं २० का अध्यक्ष सीम गुरुङले गरे । उक्त अवसरमा गुरुङले… पुरा पढौ

मनमा रहर भएपछि….

सिक्ने र जान्ने रहर भएपछि कुनै पनि परिस्थिति बाधक हुँदैन भन्ने उदाहरणकी एक पात्र हुन्, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ की उर्मिला थापा । वडा कार्यालयको आयोजना र वडास्तरीय महिला सञ्जालको व्यवस्थापनमा आयोजित सशक्तिकरण एवं नेतृत्व विकास तालीममा सहभागी थापाले ३ महिने शिशु च्यापेर नै तालीममा सहभागिता जनाइन् । ‘३ महिने शिशु छोड्न पनि मिलेन, तालीम लिने रहर असाध्यै जाग्यो । अनि बच्चा लिएर नै सहभागी भएकी हुँ ।’ तालीम… पुरा पढौ

कास्कीमा कुष्ठरोगी घट्दै

कास्कीमा कुष्ठरोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्यांकअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार जनसंख्यामा शून्य दशमलव ४५ जना पीडित थिए भने चालु आर्थिक वर्षमा यो संख्या प्रति १० हजारमा… पुरा पढौ

एसियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि पहिलो पटक सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय पनि सुचिकृत भएको छ । सो संस्थाले मुख्य सूचकलाई आधार मानी त्रिविलाई २५१ देखि ३०० औँ स्तरमा सूचीकृत गरेको हो । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय… पुरा पढौ

बोर्डिङ सरकारी स्कुलमा मर्ज

गन्यापधुरा गाउँपालिकामा १ निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ । गन्यापधुरामा १ निजीसहित २ सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् । गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं