ताजा समाचार

जेठ ४ गते २०७६

कास्कीका स्कुलमा इसेवाबाट शुल्क तिर्ने व्यवस्था

बच्चाको स्कुल फिको बिल आइपुग्यो, तिर्न जाने समय छैन भने तपाईलाई खुसीको खबर छ । कास्कीका निजी विद्यालयहरुले अनलाइन पेमेन्ट सुरु गरेका छन् ।

नेपालकै पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाले यो सेवा सुरु गरेको हो । फोन पे एपबाट इबैंकिङ चलाउनेहरुले जुनसुकै बैंकमा खाता भए पनि यसको प्रयोग गर्न मिल्छ । युरो किड्स प्रि स्कुल, अल्फा बोर्डिङ,ह्याप्पी बोर्डिङ, मार्गदर्शन एकेडेमी, न्यु ग्यालेक्सी, नोभेल सेकेन्डरी, प्रगति इजुकेसन फाउन्डेसन लगायतका स्कुलमा यो सेवा सुरु भइरहेको छ ।

इसेवाका पोखरा शाखा प्रमुख विनोद बोहोरा पोखराका स्कुल, होटल लगायतका क्षेत्रमा अनलाइन पेमेन्टलाई प्रोत्साहन गर्न कम्पनी लागेको बताए । इसेवाबाट शुल्क तिर्दा कुनै अतिरिक्त रकम अभिभावकले भुक्तानी गर्नु पर्दैन । अभिभावकले तिरेको शुल्क सिधै सम्बन्धित स्कुलको बैंक खातामा जम्मा हुने बोहोराले जानकारी दिए ।

नेपालदुत मिडिया प्रालिद्धारा सञ्चालित नेपालदुत डट कमले पनि यो सेवा सुरु गरेको छ । नेपालदुतमा विज्ञापन गर्नेहरुले इसेवाबाटै शुल्क भुक्तानी गर्न सक्नेछन् । प्रविधिको प्रयोगलाई प्रत्साहन गर्न अनलाइन पेमेन्ट गर्नेलाई थप १० प्रतिशत छुट दिइएको नेपालदुतका सञ्चालक सुनील पाण्डेले बताए ।