ताजा समाचार

जेठ १ गते २०७६

नेपालमै पहिलो पटक ‘प्लस–टु’ मै कानून विषय, कलेजले माग्यो १२० कर्मचारी (विज्ञापनसहित)

कुनै बेला नेपालमा प्रवीणता प्रमाणपत्र तहमा नै कानूनको पढाइ हुन्थ्यो । त्यसलाई आइएल भनिन्थ्यो। तर, अहिले सरकारले स्नातकभन्दा तल्लो तहमा कानून विषय हटाएको छ । अहिले नेपाली विद्यार्थीहरुले कानून पढ्न कम्तिमा ‘प्लस–टु’ उत्तीर्ण गरेको हुनुपर्छ ।

‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्दछ । त्यसैगरि स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे कोर्समा एलएलबी गर्नसक्ने व्यवस्था छ तर, नेपालमा पहिलोपटक काठमाडौंको एक कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको छ ।

तल्लो तहबाटै कानून पढाउँदा कानूनी क्षेत्रमा अब्वलता प्रदान गर्ने उद्धेश्यले काठमाडौंको बानेश्वर स्थित नेपाल विद्यापीठ कलेजमा कक्षा ११ देखि नै कानूनको पढाइ हुने भएको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता, शिक्षाविद लगायत कानूनी र शैक्षिक क्षेत्रका ज्ञाताहरुद्धारा सञ्चालन गरिएको उक्त विद्यालयमा कक्षा ११ , १२ मा ५०० पूर्णाङ्कको कान’न’ विष्यको पढाइ हुनेछ ।

‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्तानकमा कानून विषय पढ्न पाउनेछन । यो सुविधा नेपालमा पहिलोपटक सञ्चालनमा ल्याइएको विद्यालयको दावी रहेको छ । कलेज सञ्चालनमा आएपछि विद्यार्थीको चाप बढ्न थालेको सञ्चालकहरु बताउँछन्।

भर्खरै सञ्चालनमा आएको कलेजले यसै शैक्षिक क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कलेजले प्रिन्सिपल, भाइस प्रिन्सिपल लगायतका सम्पूर्ण पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक र कर्मचारी लिन लागेको हो ।