ताजा समाचार

वैशाख २९ गते २०७६

वडा कार्यालयको सह्रानीय काम

विपन्न परिवारका दलित युवाका लागि पोखरा महानगरपालिका वडा नं २० ले वडास्तरीय दलित युवा क्षमता विकास तथा ड्राईभिङ तालिम शुरु गरेको छ ।

आत्मनिर्भर तथा स्वरोजगार सिर्जना गराउने उद्देश्यसहित वडा नं २० को दलित सञ्जाल समितिले १ महिने ट्याक्सी ड्राईभिङ तालिम बिहीबारबाट सुरु गरेको हो । आस्था ड्राईभिङ ईन्स्च्यिुटमा सञ्चालन हुने तालिमको उद्घाटन प्रशिक्षार्थीलाई ट्याक्सीको चाबी हस्तान्तरण गरी वडा नं २० का अध्यक्ष सीम गुरुङले गरे ।

उक्त अवसरमा गुरुङले दलित लक्षित कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरेको बताए । उनले तालिममा १८ जनाले प्रशिक्षण लिने बताउँदै आत्मनिर्भर र स्वरोजगारमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘हामी दलित युवालाई मात्र होईन’, उनले भने, ‘आगामी बर्ष सबै समुदायका महिलालाई लक्षित गरी व्यावसायिक तालिम दिने्छौं । हाम्रो वडाका आम नागरिकलाई आत्मनिर्भर बनाउने वडाको लक्ष्य छ ।’ गुरुङले ड्राईभिङ अतिआवश्यक रहेको उल्लेख गर्दै दलित लक्षित कार्यक्रम अन्तर्गत तालिमका लागि २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

उनले ट्याक्सी ड्राईभिङ आधारभूत आवश्यकता भएकाले दलित युवालाई विशेष प्राथमिकतामा राखेर तालिम प्रदान गरेको बताए । ‘तपाइँहरू भित्रि मनबाटै सिक्नुुस, अनि दक्ष भएर निस्कनुस् । तपाइँको सीप वैदेशिक रोजगारका लागि पनि अति उपयोगी हुन्छ । त्यसैले यो तालिम एकदमै महत्वपूर्ण छ । सिरियस भएर सिक्नुस्’, गुरुङले भने । उनले दक्ष प्रशिक्षकको साथमा प्रशिक्षार्थीलाई सिकाउका लागि ड्राईभिङ ईन्स्च्यिुटलाई आग्रह गर्दै सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं २० का वडा सदस्य भिमप्रसाद बास्तोला, लक्ष्मी सुबेदी, तालिमका संयोजक तथा कार्यपालिका वोर्ड सदस्य मनभुजा विश्वकर्मा, ड्राईभिङ ईन्स्च्यिुटका सञ्चालक पूर्णबहादुर गुरुङ लगायतले बोलेका थिए ।

दलित संजाल समिति वडा नं २० का अध्यक्ष प्रदिप विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल विश्वकर्माले गरेका थिए ।