ताजा समाचार

जेठ १३ गते २०७६

अत्याधिक गर्मी बढेपछि चार दिनका लागी विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने भएकाले विद्यालयको पठनपाठन बन्द गरिने भएको हो ।

प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन् । एक विज्ञप्ती जारी गरि विद्यालय बन्द गर्नुपरेको प्याब्सन अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सन अध्यक्ष भीमबहादुर बुढाले बताए ।