ताजा समाचार

जेठ १२ गते २०७६

बालशिक्षिकालाई मन्टेसरी तालिम

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा मन्टेसरी तालिम सुरु भएको छ ।गाउपालिकाले ५ वटै वडालाई समेट्नेगरी बिभिन्न बालविकास केन्द्रमा पढाउने शिक्षिकालाई मन्टेसरी संम्वन्धि पहिलोपल्ट तालिम आयोजना गरेको हो ।


बालविकास केन्द्रमा पढ्ने स–साना बालवालिकाको शिकाई उपलब्धि सहज बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले स्थानीय स्तरमा मन्टेसरी तालिमको आयोजना गरेको हो । यसका लागि ओम बिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान तथा फुलबारी मन्टेसरी कटेज एण्ड प्रि–एन बेसिकले प्राविधिक सहयोग गरेका छन् ।


बालवालिकालाई समय सापेक्षिक गुणस्तरीय शिक्षा दिलाउन घरबाहेक पहिलो पाठशालाको रुपमा बालविकास केन्द्रलाई लिईन्छ ।२ वर्ष देखि ६ वर्ष उमेर समूहका बालवालिकालाई शिक्षा प्रदान गर्नु पनि उक्तिकै कठिनाई छ ।काँचो माटो भनिने भर्खरै सिक्ने उमेर भएका बालवालिकालाई सही आकार ,स्पष्ट बुझ्ने र सहज सिकाईका लागि स्थानीय स्तरका शिक्षिकालाई मन्टेसरी शिक्षा उपलब्ध गराईन लागिएको हो ।


मन्टेसरी तालिमको प्रशिक्षकका लागि मुस्ताङ आउनेमा बिगत १९ वर्ष देखि प्रशिक्षक तथा बालविकास शिक्षिका रुपमा अनवरत काम गर्दै आईरहेकी मोडल मन्टेसरी शिक्षक तालिम ईन्टिच्युट नदीपुरकी प्रशिक्षक तथा फुलबारी मन्टेसरी कटेज एण्ड प्रि–एन बेसिक नदीपुरकी प्रिन्सिपल अरुना शेरचन र सहायक प्रशिक्षक महिमा प्रिती शेरचन छन् ।सहायक प्रशिक्षक शेरचनले यू.के.मा २ वर्षको मन्टेसरी कोर्ष पुरा गरिसकेकी छिन ।


३ दिन सम्म संञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ८ वटा बालविकास केन्द्रका १२ जना बालविकास शिक्षिका सहभागी छन् ।यसअघि मन्टेसरी तालिमको औचित्य माथि प्रकास पार्दै ओम बिकास तथा देउकुमारी फाउन्डेसनकी संस्थापक अध्यक्ष सवि गौचन शेरचनले बालवालिकाहरुको प्रारम्भिक शिक्षाका लागि शिकाई अभ्यास सहज गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको बताईन् ।उनले २ वर्ष देखि ६ वर्ष सम्मका बालवालिकालाई कसरी अध्यापन गराउने भन्ने बिषयमा प्रशिक्षक मार्फत जानकारी दिलाईने जनाईन् ।

यस्तै शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले बालशिक्षा मैत्री बनाउन यसप्रकारको तालिम फलदायी रहने बताए ।गाउपालिकाले बालवालिकाको शिक्षामा जोड दिएर तालिम संञ्चालन हुनु राम्रो संकेत भएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य स्थानीय तहमा पनि यसप्रकारको तालिम अवसर जुटाएर बालविकास केन्द्रको शिक्षालाई प्रभावकारी तुल्याउनु पर्ने सुझाए ।

मन्टेसरी तालिमको संञ्चालन यूवा तथा खेलकुद शाखा प्रमुख हेमलाल शर्माले गरेका थिए ।
गाउपालिकाद्धारा आयोजित मन्टेसरी तालिममा सहभागी प्रत्येक बालविकास केन्द्रका बिद्यालयलाई ओम बिकास तथा देउकुमारी फाउन्डेसनले बिभिन्न शैक्षिक सामाग्रीहरु बितरण गरेको फाउन्डेसनकी अध्यक्ष सबी गौचन शेरचनले जानकारी दिईन् ।