सिकाइको वातावरण नै बालमैत्री वातावरणको मूल सूचक भएको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।
काठमाडौं महानगरपालिका–४ को आयोजना र काठमाडौं जिल्ला बालक्लब सञ्जालको सहकार्यमा धुम्बराहीस्थित धुम्रबराह माध्यमिक विधालयमा ‘बालमैत्री विधालय घोषणा तथा प्रतिबद्धता समारोह’ मा बोल्पोदै मन्त्री पाेखरेलले कुरा बताका हुन्।
बालबालिकाको उमेरसँगै सिपमूलक शिक्षा समेत आजको आवश्यकता रहेको उनले बताए।
सरकारले ल्याएको नयाँ बजेटले ४२ जिल्लामा दिवा खाजाको व्यवस्था गर्ने, नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने लगायत शिक्षामा आमूल परिवर्तनका लागि रणनितीक कार्ययोजना बनाइ अघि बढिएको समेत् उहाले बताए |






