शुक्रराज मावि विद्यालय व्यवस्थापन समितिमा नरहरि बराल अध्यक्षमा चयन भएका छन् । पोखरा २२ पुम्दी भुम्दीस्थित विद्यालय व्यवस्थापन समितिमा ३ वर्षका लागि पूर्व प्रमुख जिल्ला अधिकारीसमेत रहेका बराल सर्वसम्मत भएका हुन् ।
सदस्यमा नवराज बराल, खडानन्द बराल, कल्पना बराल, होमबहादुर गुरुङ र पदेन सदस्यमा पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नरनाथ बराल छन् ।
नवनिर्वाचित अध्यक्ष बरालले विद्यालयमा गुणस्तरीय शिक्षा अनिवार्य भएको बताए । विद्यालयको क्षमता अभिवृद्धि, विद्यार्थी संख्यासमेत बढाउनेतर्फ आफू लाग्ने बताउँदै बरालले भने ‘विद्यालयमा कक्षा ६ र ७ मा अध्ययन गरेको, छिमेकी नाता भएको र सरकारी सेवाबाट रिटायर भई फुर्सदको समयमा विद्यालयमा केही गरौं भन्ने भावना आएका’ ले सबैको साथ पाउने विश्वास गरे । नमूना विद्यालय बनाउनतर्फ लाग्न सवैलाई आग्रह गर्दै विद्यालयको अवसर र चुनौती विषयक छलफल निरन्तर हुनुपर्नेमा जोड दिए ।






